७ दिनमा सलमान खानको ‘भारत’ ले कति कमायो ? « Khabarhub

७ दिनमा सलमान खानको ‘भारत’ ले कति कमायो ?


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खान अभिनित फिल्म ‘भारत’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । मिश्रित समीक्षा पाएको यो फिल्मले बक्स अफिसमा भने निरन्तर कमाइ गरिरहेको छ ।

बक्स अफिसमा ४२ करोड ३० लाखसहित ओपनिङ गरेको यो फिल्मले ७ दिनमा १ सय ६७ करोड ६० लाखको व्यापार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इदको अवसर पारेर बुधवार नै रिलिज भएको यो फिल्मले बिहीवार ३१ करोड र शुक्रवार २२ करोड २० लाख कमाइ गरेको थियो ।

यस्तै फिल्मले शनिवार २६ करोड ७० लाख, आइतवार २७ करोड ९० लाख, त्यस्तै सोमवार ९ करोड २० लाख र मंगलवार ८ करोड ३० लाखको व्यापार गरेको हो ।

सलमान खानको शीर्ष भूमिका रहेको यो फिल्ममा क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोबर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

फिल्मले भारतमा मात्र १६७ करोड कमाइ गरेको हो । विश्वभरबाट भने झण्डै २ सय ५० करोड कलेक्सन गरेको भारतीय मिडियाले दाबी गरेका छन् । नेपालमा पनि यो फिल्मले अन्य फिल्मका तुलनामा बढी शो पाएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै