वार्नरको शतकमा अस्ट्रेलियाद्वारा पाकिस्तानलाई ३०८ रनको लक्ष्य « Khabarhub

वार्नरको शतकमा अस्ट्रेलियाद्वारा पाकिस्तानलाई ३०८ रनको लक्ष्य


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ ।

काउन्टी ग्राउण्डमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभर खेलेर सबै विकेट गुमाउँदै ३ सय ७ रन बनाएको हो । पाकिस्तानविरुद्ध अस्ट्रेलियाले उत्कृष्ट शुरुवात गरेको थियो ।

तर, पछि लगातार विकेट जाँदा अस्ट्रेलियाले पाकिस्तानविरुद्ध ३ सय ८ रनको लक्ष्य दिएको हो । ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर र आरोन फिन्चले १ सय४२ रनको उत्कृष्ट ब्याटिङ इनिङ्स खेलेका थिए । जसमा वार्नरले शतक पुरा गरे । उनले १ सय ११ बल खेल्दै १ सय ७ रन बनाए भने कप्तान फिन्चले ८४ बलमा ८२ रन बनाए । यस्तै, साउन मार्सले २३ रन, ग्लेन म्याक्सवेल र एलेक्स क्रेयले समान २०–२० रन बनाए ।

अस्ट्रेलियाविरुद्ध पाकिस्तानले ओपनिङ ब्याटिङ साझेदारी तोड्न समय लागे पनि मध्येक्रममा भने राम्रो कम ब्याक गरेको थियो । जसमा पाकिस्तानका मोहम्मद आमिरले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभर बलिङ गरेर ३० रन खर्चिदै ५ विकेट लिएका हुन् । यस्तै, पाकिस्तानका लागि साहेन अफ्रिदीले २ विकेट लिँदा हसन अलि, वाहब रिआज र मोहम्मद अफेजले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : १० बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति