गुठी विधेयकको विरोधमा मैनबत्ती जुलुस ! « Khabarhub

गुठी विधेयकको विरोधमा मैनबत्ती जुलुस !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुठी विधेयक खारेजीको माग गर्दै सामाजिक अभियान्तहरुले मैन बत्ती बालेर विरोध जनाएका छन् । माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि उनीहरुले बुधबार मैनबत्ती बालेर विरोध जनाएका हुन् ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति लगायत अभियन्ताहरुले गुठी विधेयक फिर्ता नभएसम्म उनीहरुले आन्दोलन जारी राख्ने जनाएका छन् । सरकारले गत बैशाख १६ गते सांसदमा दर्ता गरेको गूठी ऐन २०७५ पारित भएमा धर्म सस्कृती लोप हुँदै जाने र ऐतिहासिक सम्पदा मासिने उनिहरुको तर्क छ ।

विधेयकको विरोधस्वरुप बुधबार बेलुकी बिशालबजार स्थित जुद्वसालिकमा मैन बत्ति बालेर विरोध जनाइएको अभियन्ताहरुले जनाएका छन् । विरोध कार्यक्रममा उनीहरुले सरकार विरोधी नारा लगाएका थिए ।

गत आइतबार माइतीघर मण्डलामा गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले दमन गरेको थियो । प्रहरी दमनलाई लिएर अहिले सडक र सदनमा समेत यही विषयमा बहस चलेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : १७ बजे

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय