घोराहीमा ४  सय ७५  लाई रोजगारी « Khabarhub

घोराहीमा ४  सय ७५  लाई रोजगारी


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराही उपमहानगरपालिकाले ४७५ युवालाई छनोट गरेको छ । प्रत्येक वडाबाट २५ जनाको दरले १९ वटा वडाबाट छनोट गरिएको उपमहानरपालिकाले जनाएको छ ।

विभिन्न योजनामा काम गर्ने गरी उपमहानगरले ३६ योजना छनोट गरेको छ । उपमहानगरका रोजगार संयोजक शरद पाण्डेले उपमहानगरले शुरु गरेको रु ४० हजार देखि ५ लाखसम्मको योजना छनोट भएको जानकारी दिए ।

उनको अनुसार छनोटमा परेका कामदारले सरसफाइ, वृक्षरोपण, कल्भर्ट, कुलो, बगैँचा र पर्खाल निर्माण जस्ता काम गर्नेछन् । कामदारले दैनिक सात घण्टा काम गर्नुपर्नेछ भने तलब रु पाँच सय पाउनेछन् ।

रोजगारीका लागि उपमहानगरपालिकामा १३ हजार २५७ जनाले फाराम भरेका थिए । एक महिनाभित्र सक्ने गरी सङ्घीय सरकारले उपमहानगरपालिकालाई रु एक करोड पठाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : १८ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन