विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय « Khabarhub

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गृहमन्त्री रामबहादुर थापाले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य भएको बताएका छन् ।

चितवनको इच्छाकामना– ४ कुरिनटारस्थित त्रिशूली नदीमा भएको उद्धारको नमूना प्रदर्शनको क्रममा बुधबार गृहमन्त्री थापाले उक्त धारणा व्यक्त गरेका हुन् । गृहमन्त्री थापाले भने, “आफ्नो प्राणलाई हत्केलामा राखेर तपाईहरु उद्धारमा रातदिन नभनी खटिरहनु भएको छ, तपाईहरुप्रति सिङ्गो देश नै गौरवान्वित भएको छ ।”

त्रिशूली नदीमा ‘विपद् व्यवस्थापन तालीम केन्द्र’ कुरिनटारबाट तालीम प्राप्त सशस्त्र प्रहरीले उद्धारको नमूना प्रदर्शन गरेका थिए । उनीहरुले भिरमा हुने दुर्घटनामा परेका व्यक्ति, पानीमा डुबेकाको खोजीमा गोताखोरले गर्ने र र्‍याफटिङ पल्टिँदा दुर्घटनामा परेकाको उद्धार गर्ने तरिका प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बलले झण्डै ११ रोपनी क्षेत्रफलमा केन्द्र स्थापना गरी उद्धार गर्ने व्यक्तिलाई तालीम दिँदै आइरहको छ । विशेष गरी केन्द्रबाट आगलागी, भूकम्प, बाढीपहिरो, दुर्घटनालगायत विपद् व्यवस्थापनबारे प्रशिक्षण दिने गरिएको छ ।

गृहमन्त्री थापाले त्यहाँ रहेको ट्रमा सेन्टरको पनि अवलोकन गर्नुभएको थियो । कूल २५ श्याको ट्रमा सेन्टर अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्षित गरी सो सेन्टर निर्माण गरिएको हो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ०६ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट