टुंगियो अमेरिकी सीमा पर्खाल विवाद « Khabarhub

टुंगियो अमेरिकी सीमा पर्खाल विवाद


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- सीमा सुरक्षाका विषयमा २ अमेरिकी राजनीतिक पार्टीबीच भएको वार्ता सफल भएको छ। सत्ताधारी दल रिपब्लिकन र प्रतिपक्षी डेमोक्रेटबीच सहमति भएको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। यो सँगै त्यहाँको सरकारी कामकाज समेत सुचारु हुने भएको छ। विगत ३५ दिनदेखि देखिएको सरकारी खर्चसम्बन्धि गतिरोध अन्त भएको हो।

दुई दलबीच के-कस्ता विषयमा कस्तो सहमति भएको सम्बन्धमा भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर सोमबार अबेर राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामी जसरी भएपनि सीमाक्षेत्रमा पर्खाल बनाउने छौं।’

सीमा सुरक्षाका विषयमा अमेरिकाका दुई राजनीतिक पार्टीहरु रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेताहरुबीच वार्ता प्रयास भएपनि पटकपटक असफल हुँदै आएको थियो। दुई पार्टीका नेताहरुबीच बन्दी बनाइने अवैध आप्रवासीको सङ्ख्याका विषयमा मतभेद देखिएकाले विवाद जारी थियो।

डेमोक्र्याट नेताहरुले १६ हजार ५ सयभन्दा धेरै आप्रवासीलाई बन्दी बनाउन नहुने पक्षमा रहेको थिए ।

यसअघि मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने विषयमा गतमहिना अमेरिकामा इतिहासकै सबैभन्दा लामो ३५ दिन सरकारी कामकाज ठप्प भएको थियो । त्यसबाट अमेरिकी अर्थतन्त्रले १ अर्ब १० करोडभन्दा धेरै नोक्सान व्यहोरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ५४ बजे

चिरायु अस्पतालले गर्‍यो संगीत रोयल्टीको सम्झौता

काठमाडौँ – प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल,

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति नदिने ३४२ विद्यालयको नाम सार्वजनिक

काठमाडौँ– काठमाडौं महानगरपालिकाले छात्रवृत्ति दिन अटेर गर्ने महानगर भित्रका विद्यालयहरूको

जलवायु परिवर्तनले जीवनको अस्तित्व नै सङ्कटमा

काठमाडौँ – हरेक वर्ष जलवायु परिवर्तनको नकारात्मक असर हटाउन प्रत्येक

टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै

टीकापुर – कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन

गर्मी बढेपछि देवघाटका विद्यालय पाँचदिन बन्द

दमौली – अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच