टुंगियो अमेरिकी सीमा पर्खाल विवाद « Khabarhub

टुंगियो अमेरिकी सीमा पर्खाल विवाद


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- सीमा सुरक्षाका विषयमा २ अमेरिकी राजनीतिक पार्टीबीच भएको वार्ता सफल भएको छ। सत्ताधारी दल रिपब्लिकन र प्रतिपक्षी डेमोक्रेटबीच सहमति भएको अन्तराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्। यो सँगै त्यहाँको सरकारी कामकाज समेत सुचारु हुने भएको छ। विगत ३५ दिनदेखि देखिएको सरकारी खर्चसम्बन्धि गतिरोध अन्त भएको हो।

दुई दलबीच के-कस्ता विषयमा कस्तो सहमति भएको सम्बन्धमा भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर सोमबार अबेर राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘हामी जसरी भएपनि सीमाक्षेत्रमा पर्खाल बनाउने छौं।’

सीमा सुरक्षाका विषयमा अमेरिकाका दुई राजनीतिक पार्टीहरु रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेताहरुबीच वार्ता प्रयास भएपनि पटकपटक असफल हुँदै आएको थियो। दुई पार्टीका नेताहरुबीच बन्दी बनाइने अवैध आप्रवासीको सङ्ख्याका विषयमा मतभेद देखिएकाले विवाद जारी थियो।

डेमोक्र्याट नेताहरुले १६ हजार ५ सयभन्दा धेरै आप्रवासीलाई बन्दी बनाउन नहुने पक्षमा रहेको थिए ।

यसअघि मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने विषयमा गतमहिना अमेरिकामा इतिहासकै सबैभन्दा लामो ३५ दिन सरकारी कामकाज ठप्प भएको थियो । त्यसबाट अमेरिकी अर्थतन्त्रले १ अर्ब १० करोडभन्दा धेरै नोक्सान व्यहोरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ५४ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई