सुदूरपश्चिम प्रदेश – बजेट खर्च निरासाजनक « Khabarhub

सुदूरपश्चिम प्रदेश – बजेट खर्च निरासाजनक


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी-  सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महीनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालू आर्थिक वर्षको छ महीना पूरा हुँदासमेत विकास खर्च बढाउन सकेका छैनन् ।

जिल्लाका रणनीतिक सडक, सडक पुल र ठूलाठूला झोलुङ्गे पुल निर्माणको जिम्मा पाएको भौतिक पूर्वाधार विकास कार्यालयले अहिलेसम्म रु ५७ करोड ७७ लाख ५६ हजार पूँजीगत बजेटमध्ये रु ३१ लाख ५७ हजार मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले बताए । यो कूल पूँजीगत बजेटको ०.५४ प्रतिशत मात्रै खर्च हो ।

यसैगरी प्रदेश सरकार मातहत स्थापना भएको शहरी विकास तथा भवन निर्माण कार्यालयको विकास बजेट खर्च भने अन्य कार्यालयको तुलनामा केही बढी भएको पाइएको छ । जनता आवास कार्यक्रम पनि सो कार्यालयले सञ्चालन गरिरहेकाले खर्च बढेको हो । कार्यालयको कूल रु छ करोड ४८ लाख पूँजीगत बजेटमध्ये छ महीनाको अवधिमा रु दुई करोड १८ लाख खर्च भएको छ ।

प्रदेश सरकार मातहत नै स्थापना भएको जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालयको रु २६ करोड ९० लाख पूँजीगत बजेटमध्ये छ महीनाको अवधिमा रु ५२ लाख मात्रै खर्च भएको छ । यसरी हेर्दा यो कार्यालयले चालू आर्थिक वर्षको छ महीनाको अवधिमा १.९३ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गर्न सकेको जोशीले बताए ।

यसैगरी वृहत्तर जलाधार व्यवस्थापन कार्यालय महाकालीको कूल पूँजीगत बजेट रु १५ लाखमध्ये रु एक लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । वृहत्तर जलाधार व्यवस्थापन कार्यालयको कूल पूँजीगत बजेटमध्ये ६.६६ प्रतिशत मात्रै खर्च भएको छ । चालू आर्थिक वर्षमा रु ९६ लाख ३५ हजार बजेट भएको डिभिजन वन कार्यालयले छ महीनाको अवधिमा रु ७४ हजार ४०० मात्रै खर्च गर्न सकेको छ ।

यस्तै सङ्घीय सरकार मातहत रहेको डिभिजन सडक कार्यालय पाटन, बैतडीको पनि विकास खर्च निराशाजनक रहेको पाइएको छ । कार्यालयको पूँजीगत बजेट रु ५० करोड २९ लाखमध्ये रु एक करोड २६ लाख मात्र खर्च भएको छ । समयमा बजेट निकासा नहुँदा खर्च नभएको जोशी बताए ।

स्थानीय तहले पनि खर्च गर्न सकेनन् 

चालू आर्थिक वर्षको छ महीना बितिसक्दा यहाँका स्थानीय तहको विकास खर्च निराशाजनक रहेको पाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा विकास खर्चको स्थिति निराशाजनक छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणका कामले गति लिने आश गरिएको भए पनि सो अनुसार काम भने हुनसकेको छैन ।

डिलाशैनी गाउँपालिकाले ६ महीनाको अवधिमा रु आठ करोडको विकास बजेटमध्ये रु ७० लाख जति मात्रै खर्च गरेको छ । दोगडाकेदार गाउँपालिकाले रु १० करोडको पूँजीगत बजेटमध्ये रु ५५ लाख पहिलो चौमासिकमा खर्च गरेको कार्यालयका खरिदार अम्बादत्त जोशीले बताए।

 पाटन नगरपालिकाले रु १६ करोड ८ लाख ५३ हजार विकास बजेटमध्ये अहिलेसम्म रु ६२ लाख ४४ हजार मात्रै खर्च गरेको छ । यो विकास बजेट ४.८४ प्रतिशत मात्रै खर्च हो ।

पाटन नगरपालिकाको नगरसभा ढिलो भएकाले विकास बजेट सोचेअनुसार खर्च हुन नसकेको नगरपालिकाका लेखा अधिकृत भुपेन्द्रसिंह धामीले बताए । यस्तै दशरथचन्द नगरपालिकाले ६ महीनाको अवधिमा रु १५ करोड १० लाख ६० हजारको पूँजीगत बजेटमध्ये रु चार करोड ६१ लाख ४० हजार खर्च गरेको छ । मेलौली नगरपालिकाले रु ११ करोडको बजेटमध्ये रु चार करोड जति खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र नेगीले जानकारी दिए ।

यस्तै पुरचौँडी नगरपालिकाले रु १२ करोड ६० लाखको पूँजीगत बजेटमध्ये रु ५३ लाख १५ हजार मात्रै खर्च भएको जनाएको छ । यस्तै शिवनाथ गाउँपालिकाले रु ११ करोड ५५ लाख आठ हजारमध्ये पूँजीगत बजेट खासै खर्च नभएको जनाएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकाले रु आठ करोडको पूँजीगत बजेटमध्ये रु दुई करोडको हाराहारीमा खर्च भएको जनाएको छ । जिल्लाको सिगास गाउँपालिकाले रु १० करोड ८८ लाख ६० हजार पूँजीगत बजेटमध्ये रु एक करोड ८० लाख मात्रै खर्च गरेको गाउँपालिकाका लेखापाल जगदीश्वर कलौनीले बताउनुभयो । विकास बजेट कम खर्च भएकामा सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १२ : ०९ बजे

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्।  उनी काठमाडौँको

शीतलहरको सकस : शारीरिक र मानसिक स्वास्थ्यमा समस्या

काठमाडौं- चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहर बढ्दै जाँदा मानिसको

परदेशको लाखमा लोभिँदा छुट्यो आमाको काख 

अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले