भुवन कार्कीको उत्कृष्ट बलिङमा अत्तरिया विजयी, धनगढीको लगातार दोस्रो हार | Khabarhub Khabarhub

भुवन कार्कीको उत्कृष्ट बलिङमा अत्तरिया विजयी, धनगढीको लगातार दोस्रो हार


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भुवन कार्कीको उत्कृष्ट बलिङ प्रेरित सिवाईसी अत्तरियाले धनगढी स्टार्सविरुद्ध ५ रनको रोमाञ्चक जित हात पारेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले दिएको ९६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर पूरा खेल्दै ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।

योसँगै धनगढीले लगातार दुई खेलमा पराजय बेहोरेको छ भने अत्तरियाले प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । धनगढीविरुद्ध अत्तरियाका सन्नी पटेलले अलराउन्ड प्रदर्शन गरे भने बलर हावी भएपछि ९० रन समेटिएको हो ।

धनगढीका लागि नटआउट रहेका राजु रिजालले २६ रन, रोहन मुस्तफाले १८ तथा सन्दीप रजाइलीले ११ रन बनाए भने कप्तान सोमपाल कामीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

धनगढीविरुद्ध अत्तरियाका भुवन कार्कीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै १० रन खर्चेर ४ विकेट लिए । त्यस्तै, सन्नी पटेलले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र दीपेन्द्र राउतले समान १—१ विकेट लिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको अत्तरियाका लागि सन्नी पटेलले उत्कृष्ट ब्याटिङ गरे । उनी नटआउट रहँदै ३५ रन बनाए । यस्तै, ओपनिङ ब्याट्सम्यान जयकिसन कोल्सावालाले २१ तथा प्रेम तामाङ १२ रन र कप्तान दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएका थिए ।

अत्तरियालाई ९५ रनमा समेट्न धनगढीका रोहन मुस्तफाले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर २ विकेट लिए भने कप्तान सोमपाल कामी,अमिर हायत, विपीन खत्र्रीले समान १—१ विकेट लिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १ : ०६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले