युनाइटेडविरुद्ध पीएसजीका काभानी नखेल्ने « Khabarhub

युनाइटेडविरुद्ध पीएसजीका काभानी नखेल्ने


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिगमा अन्तिम—१६ को पहिलो लेगमा इग्लीस क्लब म्यानचेस्टर युनाइटेडसँग भिड्न लागेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का मुख्य प्रशिक्षक थोमस टुचेलले कम्तिमा एक अंक खोस्ने बताएका छन् ।

२ स्टार खेलाडी मैदान बाहिर रहनेभएपछि बीबीसीसँगको संम्बादमा प्रशिक्षकले युनाइटेडसँग अंक खोस्ने तयारी भइरहेको बताए । खुट्टाको पौतालामा चोट भोगेका नेयमार १० हप्ताका लागि मैदान बाहिर रहने यसअघि नै पक्का भइसकेको छ ।

त्योसँगै, इडिन्सन काभानी पनि युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । मंगलबार युनाइटेडसँग खेल्न लागेको पीएसजीका प्रशिक्षक थोमस टुचेलले काभानी मैदान नउत्रिने बताएका छन् । ‘हीप’ को चोट खेपीरहेका काभानी युनाइटेडविरुद्धको खेलमा आराम गर्ने भएका छन् ।

“के म्यानचेस्टर युनाइटेड पोग्वा र रासफोडलाई मैदान बाहिर राख्न सक्छ ? पक्कैपनि, नेयमार युरोपकै सर्वोत्कृष्ट खेलाडी हुन् । हामी उनलाई सम्झीने छौं र अहिले काभानी गुमाएका छौं,” प्रशिक्षक टुचेलले भने,“ हरेक पोजिसनमा एमबाप्पेलाई खेलाउन सकिँदैन ।

काभानी र नेयमारकोस्थानमा खेल्नु उनको जिम्मेवारी होइन् । उनले स्वतन्त्र रुपमा खेल्नु पर्छ । म उनलाई सकारात्मक रुपमा खेल्न सुझा दिन्छु । एमबाप्पेले राम्रो मानसिकताका साथ सकारात्मक भएर खेल्नु पर्छ ।” प्रशिक्षक टुचेलले अगाडि भने,“हामी कम्तीमा पनि १ अंक खोस्न चाहान्छौं ।”

पीएसजीका लागि सर्वाधिक गोल कर्ता तीन जना
नाम                                      खेल                      गोल
इडिन्सन काभानी                     २५                              २१
किलियन एमबाप्पे                    २६                              २२
नेयमार                                     २३                               २०

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  २ : ३५ बजे

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा खर्च : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना

काठमाडौं बस्ने थारु समुदायले माघी पर्व टुँडिखेलमा मनाउने

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको टुँडिखेलमा