झुण्ड झुुण्ड रणनीति बनाएर पुर्वाधार विकास असम्भवः अर्थमन्त्री खतिवडा « Khabarhub

झुण्ड झुुण्ड रणनीति बनाएर पुर्वाधार विकास असम्भवः अर्थमन्त्री खतिवडा


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले एकीकृत योजना अनुसार सडक लगायत सम्पूर्ण पुर्वाधार विकासको योजना अघि बढाउनुपर्ने बताएका छन् ।

व्यवस्थापन संघ नेपालले मंगलबार राजधानीमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले झुण्ड झुुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न नसकिने बताए । उनले सम्पूर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पुर्वाधारको विषयमा सोच्नुपर्ने बताए ।

उनले सडक, रेल, पानी जहाजदेखि सम्पूर्ण यातायातका साधनस्रोतका संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसंभार तथा संञ्चालनको खर्च व्यवस्थापन संगै सरोकारित संस्थाको भूमिका लगायत विषयलाई एकिकृत रुपमा योजना बनाई दीर्घकालीन सोच अनुसार कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायीक र महत्वपुर्ण रहेको भन्दै व्यवसायिक कार्यमा सहकार्य र सहयोग गर्न सरकार सधै तयार रहेको बताए । उनले युवाहरुलाई व्यवस्थापनको साथै नेतृत्वमा ल्याउने गरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुले एकिकृत योजना विना सडक लगायतका पुर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ३ : ४८ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर