प्रचण्डको स्वीकारोक्ति : पहिलोपटक प्रधानमन्त्री हुँदा चमत्कार गर्न सकिन, झिलिमिलिमै ९ महिना बिते « Khabarhub

प्रचण्डको स्वीकारोक्ति : पहिलोपटक प्रधानमन्त्री हुँदा चमत्कार गर्न सकिन, झिलिमिलिमै ९ महिना बिते


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूले कुनै चमत्कार गर्न नसकेको स्वीकार गरेका छन् ।

ठूलै काम गर्ने आकांक्षाका साथ सरकारको नेतृत्व सम्हाल्न पुगेपनि अनुभव नभएका कारण केही गर्न नसकिएको प्रचण्डको भनाइ छ ।

मंगलवार राजधानीमा आयोजित एक पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पहिलोचोटी सरकारमा गएर मैले कुनै चमत्कार गर्न सकिन । चमत्कार हुने कुरा पनि थिएन । चमत्कार हुँदैनन् नि वास्तविकतामा त !’

अध्यक्ष प्रचण्डले आफ्ना पहिलोपटकको प्रधानमन्त्रीकाल झिलिमिलमै बितेको पनि बताए । ‘झिलिमिलि हुँदा हुँदै ९ महिना बित्यो, छाडेर हिँड्नुपर्‍यो,’ प्रचण्डले भने, ‘आकांक्षा त थियो धेरै ठूलो काम गर्ने, तर त्यो आकांक्षा र त्यो अनुभवको बीचमा अन्तरविरोध भयो । त्यसकारण त्यो सफल भएन ।’

यद्यपि दोस्रोपटक सरकारको नेतृत्व गर्दा आफूले देशलाई नयाँ ढंगले अगाडि बढाउनका लागि काम गरेको प्रचण्डले दावी गरे ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ४ : ४४ बजे

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ