डा टी आओ च्याम्पियनसिपका लागि २० सदस्यीय फुटबल टोलीको घोषणा « Khabarhub

डा टी आओ च्याम्पियनसिपका लागि २० सदस्यीय फुटबल टोलीको घोषणा


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले डा टी आओ फुटबल च्याम्पियसिप खेल्ने यु—२१ टोलीको घोषणा गरेको छ । फेब्रुअरी १९ देखि २८ सम्म भारतको गुवाहाटीमा हुने प्रतियोगिताका लागि एन्फाले मंगलबार २० सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा गोलरक्षकतर्फ सोजित गुरुङ, विश्णु कुमार केसी र सूर्य अधिकारी रहेका छन् । त्यस्तै, डिफेन्डरतर्फ राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, गौतम श्रेष्ठ, रणदिप पौडेल, छिरिङ गुरुङ हुँदा मिडफिल्डरमा अनिल महर्जन, आरिक बिष्ट, मनिस थापा, मिकचेन तामाङ, नितिन थापा, अभिषेक रिजाल र सिशिर लेखी रहेका छन् । फरवार्डमा रेजिन सुब्बा, राजिब लोप्चन, धिरज श्रेष्ठ र प्रेजेन तामाङ छन् ।

एन्फाको खेलाडी छनोट समितीले वैकल्पिक खेलाडीका रुपमा गोलकिपरमा अभिषेक बराल र डिफेन्डरमा शनिस श्रेष्ठ रहेका छन् भने मिडफिल्डरमा अरुज सिंह र फरवार्डमा रितीक खड्कालाई राखेको छ ।

टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी चेत नारायण श्रेष्ठलाई दिएको छ भने सहायक प्रशिक्षकमा सल्यान खड्गीलाई नियुक्त गरिएको छ । गोलरक्षक प्रशिक्षकका रुपमा चन्नुराम चौधरीको नाम रहेको छ ।

भारतीय राष्ट्रिय फुटबल टोलीका पहिलो कप्तान डा. तालीमेरेन आओको सम्झनामा उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : १४ बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध