वुढासुब्बा गोल्डकप : धरान सेमिफाइनलमा प्रवेश « Khabarhub

वुढासुब्बा गोल्डकप : धरान सेमिफाइनलमा प्रवेश


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– आयोजक धरान फुटबल क्लव २१ औ वुढासुब्बा रेडवुल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको डलहाउसी एथलेटिक क्लब कलकत्तलाई शुन्यका विरुद्ध २ गोलले पछि पार्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो ।

जितसँगै आयोजकले सेमिफाइनलमा फागुन १ गते सिएमजे संकटाको सामाना गर्ने छ । धरान रंगशालमा मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा आयोजकको जितका लागी मिलन राई र वर्तमान राईले गोल गरेका थिए । खेल शुरु भएको ९ औ मिनेट विपक्षिको मिस पासलार्ई सदुययोग गर्दै सेन्टर वाट एक्लै लगेर जाली चुमाएकामा थिए ।

उनको गोलसगै अग्रता लिएको आयोजकका लागि अन्तिम तथा निर्णायक गोल डिफेन्स योगेश राईको लामो पासलाई सदुपयोग गर्दै खेलको म्यानअफदि म्याच वर्तमान राईले २३ औ मिनेटमा चिफ प्रहार गर्दै आफ्नो टिमको जित निश्चित गरेका थिए ।

म्यानअफदि म्याच राई लाई युवा व्यवसायी देवराज राईले नगद १५ हजार पुरस्कार प्रदान गरे । सुरुवातमा राम्रो प्रदर्शन गर्न नसकेको कोलकक्ताले दोस्रो हाफमा राम्रो प्रदशन गरेको भए पनि स्कोर निकाल्न नसक्दा पहिलो चरणबाटै घर फर्कन बाध्य भएको हो ।

पहिलो हाफको ३२ औ मिनेटमा डि एलेनाको पासमा ए रोय ले डि वक्स भित्र वान भर्सेज वानमा चुके, उनको प्रहार आकशिएको थियो भने दोस्रो हाफको ११ औं मिनेटमा टि अनिष्टे भाइलेण्ट को उत्कृष्ट प्रहार विपक्षिगोल रक्षक विनय श्रेष्ठले पञ्च गरेर विफल तुल्याइदिए ।

बुधबारको अन्तिम क्वाटर फाइनल खेल शसस्त्र प्रहरीको एपिएफ ले मनोकामना आहा गोल्डकप विजेता दाउफिन्स क्याम्रोनको सामना गर्नेछ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ५३ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन