शुरु भयो २ सय ५० उजुरीमाथि अनुसन्धान « Khabarhub

शुरु भयो २ सय ५० उजुरीमाथि अनुसन्धान


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ सय ५० वटा उजुरीमाथि अनुसन्धान थालेको छ । विभागले पर्याप्त प्रमाण पुगेका सम्पत्ति शुद्धीकरण सम्बन्धमा परेका उजुरीमाथि अनुसन्धान अघि बढाएको हो । विभागले स्थापनाकालदेखि आठ वर्षको अवधिमा हालसम्म ५१ वटा उजुरीमाथि मात्र मुद्दा दायर गरेको राजधानी दैनिकमा खबर छ ।

विभिन्न क्षेत्रबाट संकलित प्रमाणका आधारमा दोषी ठहर भएपछि विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार ४९ वटा सम्पत्ति शुद्धीकरण र दुई वटा आतंककारी क्रियाकलापबाट सम्पत्ति आर्जन गरी लगानी गरेका मुद्दा छन् । ती सबै उजुरी अनुसन्धानकै क्रममा छन् । मुलुकभरबाट प्राप्त भएका कागजपत्र तथा विभागलाई प्राप्त भएका विभिन्न प्रमाणका आधारमा दोषी ठहर भएपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले चालू आर्थिक वर्षमा ३ सय १४ वटा उजुरी संकलन गरेकोमा त्यसमध्येबाट नौ वटा मुद्दा अदालतमा पेस गरेको विभागका सूचना अधिकारी विनोद लामिछानेले बताए । विभागमा परेका करिब ९० प्रतिशत उजुरीको प्रमाण नै नपुग्ने सूचना अधिकारी लामिछानेले बताए ।

विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म कुल १ हजार ५ सय ८८ वटा उजुरी परेका छन् भने ४२ वटा मुद्दा अदालतमा दायर भएका छन् । त्यस्तै, विभागले ४ सय ८९ वटा उजुरी तामेलीमा राखेको छ भने ३३ वटा मुद्दा अदालतबाट फैसला भएको विभागले जनाएको छ ।

हालसम्म लगभग १८ सयको हाराहारीमा उजुरी पर्दा पनि जम्मा ५१ वटा मुद्दा मात्रै अदालतमा दायर भएका हुन् । कालो धन नियन्त्रण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोक्ने उद्देश्यका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन भएको थियो ।

अहिले विभागका महानिर्देशक रूपनारायण भट्टराई छन् । उनी यातायात व्यवस्था विभागमा हुँदा यातायात क्षेत्रको सिन्डिकेट हटाउन खरो रूपमा उत्रिएका थिए । राजनीतिक दबाब आए पनि महानिर्देशक भट्टराई सिन्डिकेट हटाउने मामिलामा पछि हटेका थिएनन् । सम्पत्ति शुद्धीकरणको मामिलामा पनि महानिर्देशक भट्टराई खरो रूपमा उत्रँदै आएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ७ : ०२ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर