१३ दिनको शिशु चोरी गर्ने पक्राउ « Khabarhub

१३ दिनको शिशु चोरी गर्ने पक्राउ


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो ।

पक्राउ पर्नेमा भारत नयाँदिल्ली फरीदावाद घर भई हाल धरान–५ देवीगाउँ माइती घरमा बस्दै आएकी २७ वर्षीया लीला विश्वकर्मा र उनकी भाउजु नाता पर्ने धरान–१५ बगरकोट बस्ने ४२ वर्षीया मीना लिम्बू (विश्वकर्मा) लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का जितनारायण मेहता र बबिता मेहताको १३ दिनको शिशु (छोरा) उनीहरुले चोरी गरेका थिए । बबिताले असार १३ गते छोरा जन्म दिएकी थिइन् । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमै राखेर उपचार भइरहेको थियो ।

सबै निदाएको मौका छोपी लीलाले आफ्नी भाउजुलाई बोलाएर शिशु चोरी गरेकी थिइन् । केही दिन अगाडिदेखि सुत्केरी तथा बच्चाको रेखदेखको बहानामा अस्पतालको गाइनो वार्डमा बस्दै आएकी लीलाले सबै निदाएको बेला भाउजु मीनालाई बोलाएर लगिएको पाइएको प्रनाउ न्यौपानेले बताए ।

बिहीबार दुवैविरुद्ध मानव अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रनाउ न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : ५६ बजे

प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा

टाउकोको छालाबाट किन दुर्गन्ध आउँछ ? 

काठमाडौं– जब कपालबाट नराम्रो गन्ध आउँछ, तब हामी त्यसलाई धुन्छौँ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

काठमाडौं– नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३