झरीमा खानुहोस् यस्ता परिकार « Khabarhub

झरीमा खानुहोस् यस्ता परिकार


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनसुन सुरु भएसँगै अहिले देशभरको मौसम बदली भएको छ र देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।

तीन दिन देखि लगातार परिरहेको झरीका कारण बाहिर निस्कने अवस्था छैन । मौसमविद्हरुले अझ केही दिन वर्षा हुनसक्ने बताएका छन् । त्यसैले यस्तो बेलामा तपाईले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

किनकी झरीको मौसममा घरमा रहेकाहरुले र काममा गएकाहरुले झरीको मौसमका खानालाई ख्याल गर्न जरुरी छ । आखिर के खाने त झरीको समयमा ?

मकै 

यो मौसममा प्रशस्त मात्रामा पाइने हुँदा मकैका विभिन्न परिकार बनाएर खाने चलन छ । हरियो मकै पोलेर वा उसिनेर खान सकिन्छ । त्यसैगरी दूधालु मकैलाई पिसेर रोटी तथा फाडो सुप बनाएर खाने चलन पनि छ ।

भटमास 

अहिले भटमास पाइने समय हो । विशेषत साउन भदौमा हरियो भटमास प्रशस्त पाइन्छ । उसिनेर खानेदेखि लिएर छोडाएर दालका रूपमा समेत हरियो भटमास प्रयोग गरिन्छ ।

खीर

असार, साउन भदौमा दूधको उत्पादन बढी हुने भएकाले यो बेला बढी खाइने परिकारमध्ये खीर पनि एक हो । दूधमा चामल, मकैको च्याख्ला आदि खाद्यान्न मिसाएर खीर पकाइन्छ । यसलाइ स्वादिष्ट बनाउन घ्यू, काजु, नरिवल, मरिच आदि मसला समेत हालिन्छ । यी मसलाबाट प्राप्त हुने ऊष्णताले वर्षा याममा भिजेको शरीरलाई विभिन्न रोग–व्याधिबाट जोगाउँछ ।

हरियो काँक्रा तथा खोर्सानीको अचार

यो समयमा प्रशस्त मात्रामा खोर्सानी पनि फल्छ । हरियो काँक्रा तथा पिसेको हरियो खुर्सानी निकै स्वादिलो हुन्छ ।

अदुवा र तुलसी

अदुवाले यो समयमा हुने विभिन्न प्रकारका इन्फेक्सनबाट जोगाउँछ । त्यसैले चिया, सुप, खिचडीजस्ता विभिन्न परिकार बनाउँदा अदुवा तथा तुलसी प्रयोग गर्नु लाभदायक हुन्छ । झरीको चिसो मौसममा सुप खाँदाको मज्जा नै बेग्लै हुन्छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १० : ४० बजे

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद