महिलाहरू के चाहन्छन् ? | Khabarhub Khabarhub

महिलाहरू के चाहन्छन् ?


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जीवन साथीले के चाहन्छ भन्ने कुरा थाहा पाउनु निकै महत्वपूर्ण कुरा हो ।

जीवनसाथीको चाहनाअनुसार आफू चल्ने हो र उसको इच्छालाई प्राथमिकता दिने हो भने वैवाहिक जीवन, प्रेम सम्बन्ध र यौन सम्बन्धहरु सहजरुपमा अघि बढ्छन् ।

आफ्नो पार्टनरको चाहना र आवश्यकतालाई पुरुषसले ख्याल गर्न सक्नुपर्छ । दैनिक काम कारवाही, किनमलेल, घुमघाम, हेरचाह लगायतमा विशेष ध्यान दिन आवश्यक हुन्छ भने यौनको मामलामा पनि जीवन साथी वा यौन पार्टनरको चाहनालाई ध्यान दिन जरुरी हुन्छ । यस्तोमा महिलाले के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ । आखिर के चाहन्छन् त महिला ?

आजभोलि अधिकांश दम्पती कामकाजी हुन्छन् । यस्तोमा यौनसम्पर्क कतिपटक भयो भन्दा पनि कति सन्तुष्टदायक भयो भन्ने कुराले महत्त्व राख्छ । त्यसैले हरेक दिनको साटो सातामा एकपटक यौनसम्पर्कका लागि उत्कृष्ट समय निकाल्नुपर्ने धारणाको विकास भएको पाइन्छ । जसबाट दम्पतिबीच प्रेम–प्रगाढता त बढ्छ नै, महिलाहरूलाई सन्तुष्टि पनि प्राप्त हुन्छ ।

रोमान्स नभई यौनको चाहना

रोमान्स वैवाहिक जीवन र यौनसम्पर्कको प्रारम्भका लागि अत्यन्त आवश्यक छ, तर कैयन् स्थितिमा महिलाहरू रोमान्सलाई एकातिर छोडेर साथीबाट मात्र यौनसम्पर्कको इच्छा राख्छन् । यस्तोमा पुरुष साथीले उनीहरूको इच्छाविपरीत व्यवहार गरे भने महिलाहरूले त्यसलाई रुचाउँदैनन् ।

केही नयाँ प्रयोग गर्ने चाहना

दैनिक तालिकाका कुरा कसैलाई पनि मनपर्दैन । जसरी दैनिक रूपमा एउटै प्रकारको खाना वा एउटै प्रकारको पहिरन लगाउँदा जो कोहीलाई बोर लाग्छ, त्यसैगरी अन्तरंग क्षणहरूमा पनि महिलाहरू पुरुष साथीबाट केही नयाँ प्रयोगको अपेक्षा राख्छन् । यस्तोमा जब पुरुष साथीले उनीहरूको भावना बुझ्न सक्दैनन् तब उनीहरू त्यसबाट टाढा रहन थाल्छन् ।

यौनसम्पर्कपश्चात्

प्राय: पुरुषहरू यौनसम्पर्कपश्चात् मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यसो गर्दैनन् । यौनसम्पर्कपश्चात् पनि उनीहरू पार्टनरको प्रेमपूर्ण स्पर्शको चाहना राख्छन्, जसलाई प्राय: पुरुषले बुझ्दैनन् । यौनसम्पर्कपश्चात् पुरुष साथीको त्यस्तो व्यवहारबाट सन्तुष्ट प्राप्त हुनुको साटो महिलाको तनाव अझ बढ्छ । अत: पुरुषहरूले यस विषयमा सजग रहनुपर्छ ।

स्वभावमा परिवर्तन

यदि तपाई आफ्नो जीवनसाथीको नजिक रहन चाहनुहुन्छ भने उनको इसारा बुझ्नु आवश्यक छ । महिनाबारीका बेला हार्मोनल परिवर्तनका कारण महिलाहरूमा स्वभावमा समस्या देखिन्छ, अर्थात् उनीहरूको स्वभाव परिवर्तन हुन्छ । यसबाट केही महिलामा कामेच्छा बढ्छ, तर केही यौनसम्पर्कबाट टाढा रहन मन पराउँछन् । यस्तोमा उनीहरूको मनको कुरा बुझेर व्यवहार गर्नु पुरुषको जिम्मेवारी हो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन