अपडेट: अबिरल वर्षासँगै बाढी, पहिरो र चट्याङको प्रकोपमा ९ जनाको मृत्यु | Khabarhub Khabarhub

अपडेट: अबिरल वर्षासँगै बाढी, पहिरो र चट्याङको प्रकोपमा ९ जनाको मृत्यु


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत ३ देखि निरन्तर जारी वर्षाका कारण देशका अधिकांश क्षेत्र प्रभावित छन् । गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार तराईं र पहाडका गरी ११ जिल्ला वर्षाका कारण बढी प्रभावित छन् ।

प्रहरी केन्द्रीय कार्यालयका अनुसार तराईंका सुनसरी, महोत्तरी, रौतहट, धनुषा, चितवन तथा पहाडी जिल्ला सिन्धुली बाढीबाट प्रभावित छन् । यस्तै पाल्पा, काठमाडौं, पाँचथर, मकवानपुरका विभिन्न ठाउँमा पहिरो गएको छ ।

पछिल्लो विवरणअनुसार वर्षासँगैको बाढी र पहिरोमा परी देशका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएकाे छ ।

काठमाडौंको मुलपानीमा घरको पर्खाल भत्कँदा तीन जनाको मृत्यु भएको छ ।

काभ्रेको बनेपा नगरपालिका–३ नालामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन् । पहिरोमा पुरिएर अन्य ३ जना घाइते भएका छन् ।

यस्तै रामेछापको रामपुरमा पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । पहिरोमा पुरिएर अर्का एक जना घाइते भएको प्रहरीले जनाएकाे छ ।

वर्षाका कारण घरको पर्खाल भत्किँदा भोजपुरमा १ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७ का ६६ वर्षीय जगतबहादुर राई रहेका प्रहरीले जनाएको छ । भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९ मा पहिरोले पुरिएर  १४ वर्षीय बालक जनक विकको मृत्यु भएको छ । शौच गर्न गएका बेला शौचालयको माथिबाट खसेको पहिरोमा पुरिएर जनकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण घर भत्किँदा ललितपुरको बाग्मती गाउँपालिका–२ बगुवामा १ जना बालकको मृत्यु भएको छ ।  घर भत्किँदा पन्चलाल जिम्बाको ११ बर्षीय छोरा सरोज जिम्बाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ

पहिरो प्रभावित क्षेत्र :

पाल्पाको तिगाउ गाउँपालिका–५ केरावारीमा पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार विहान गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग दुईतर्फी रुपमै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

वर्षाकै कारण काठमाडौंको लगनस्थित बिना शाक्यको पुरानो घर भत्किएको छ । घर भत्किदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । वर्षाकै कारण देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पर्खाल पनि भत्किएको छ । वर्षाले सिंहदरबारको पूर्वी गेट नजकिको पर्खाल भत्किएको हो ।

वर्षाका कारण भत्किएको सिंहदरबारको पर्खाल

यस्तै, काभ्रेको चौरिदेउराली गाउँपालिका–४ मजुवामा पहिरो जाँदा ३ घरमा क्षति पुगेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ अन्तर्गत मेची राजमार्गमाथिबाट पहिरो जाँदा आवागमन थप्प भएको छ । प्रहरीले स्काभेटरको सहायतमा पहिरो हटाउने काम भइरहेको जनाएको छ ।

ओखलढुंगाको भँडारे खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको ५ । बुधबारदेखि भएको बर्षाका कारण आएको बाढीसँगैको पहिरोका जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन् ।

यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्र :

अबिरल वर्षासँगको बाढीका कारण सुनसरीको हरिनगर गाउँपालिका–५ सुकेसना टोल डुवानमा परेको छ । डुवान प्रभावितमध्ये ६० परिवारलाई उद्दार गरी सुरक्षित स्थानतर्फ सारिएको प्रहरीले जनाएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित जलेश्वर कारागार कार्यालय पनि डुवानमा परेको छ । कारागार कार्यालय परिसरमा १ फिटभन्दा बढी सतहमा पानी जमेपछि कारागारमा रहेका कैदीबन्दी बिचल्लीमा परेका छन् । डुवानका कारण जलेश्वर कारागारका कैदीबन्दी खाना पकाएर खान समेत पाएका छैनन् ।

रौतहटको चन्द्रपुर नगरपालिका–२ क्षेत्र पनि डुवानमा परेको छ । बाढीले सवारीका साधनहरु बगाउने जोखिम बढेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बाढीका कारण धनुषाको जनकपुर उपमहानगरपालिका–२३ जिरोमाइलमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नै डुवानमा परेको छ । कार्यालयभित्र पसेको बाढीका कारण विभिन्न सामानहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका–४ कदमचोक पनि डुवानमा परेको छ । डुवानका कारण स्थानीय पल्टु महतोको पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण डुवानमा परेको झापाको दमक–७ स्थित पशुहाट क्षेत्र

वर्षाका कारण धनुषाकै हंसपुर नगरपालिका–३ कठपुत्ला टोलमा अनुपलाल राउतको घर भत्किएको छ । वर्षा र बाढीका कारण हंसपुर–३ मै स्थानीय प्रमोद मल्लिक र कुमोद मल्लिकको घर पनि भत्एिको छ ।

अबिरल वर्षापछि आएको बाढीका कारण चितवनको माडी क्षेत्र पनि जलमग्न बनेको छ । माडी नगरपालिका–३ र ४ को सीमानामा रहेको मगइ खोलामा आएको बाढीले नारायणगढ–माडी सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण झापाको दमक–७ स्थित पशुहाट क्षेत्र जलमग्न भएको छ । पशुहाट क्षेत्र जलमग्न हुँदा त्यहाँका सुकुम्बासी बिचल्लीमा परेका छन् ।

बाढीका कारण सिन्धुलीको सनकोशी गाउँपालिका–१ घ्याम्पेखोलामा बाढी आउँदा सडक अवरुद्ध भएको छ ।

चट्याङबाट १ जना घाइते

वर्षासँगै चट्याङ पर्दा सिन्धुलीको गोलान्चोर गाउँपालिका–२ बित्तिजोरमा १ जना महिला घाइते भएकी छन् । घाइते हुनेमा ४० वर्षीया निर्मला कार्की रहेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा कार्की चट्याङ लागेर घाइते भएकी थिइन् । चट्याङ लागेर घाइते भएकी कार्कीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टार ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन