रेखाको फिल्मलाई रेनशाले निर्देशन गर्ने « Khabarhub

रेखाको फिल्मलाई रेनशाले निर्देशन गर्ने


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका रेखा थापा पुन: फिल्ममा निर्माणमा जुटेकी छिन् । उनले आफ्नो फिल्मको निर्देशनको जिम्मा रेनशा बान्तवा राईलाई दिएकी छिन् ।

रेनशाको जन्मदिनको अवसर पारेर शुक्रवार आफ्नो छैठौं सिनेमाका लागि रेनशालाई फिल्ममा अनुबन्ध गरेको रेखाले बताइन् ।

रेनशाले यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेकी थिइन् । उक्त फिल्मले दर्शकबाट ‌औसत प्रतिक्रिया पाएको थियो । यो रेनशाको पहिलो निर्देशन पनि थियो ।

रेखाले निर्माण गर्ने र रेनाशाले निर्देशन गर्ने भनिएको फिल्ममा मल्टिस्टारर कलाकार रहने जनाइएको छ । फिल्मको स्क्रिप्ट अभिमन्यु निरवीले लेखिरहेका छन् ।

फिल्ममा को को कलाकार रहने भन्नेबारे अझै खुलाइएको छैन ।

 

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  २ : ११ बजे

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको