दुर्घटना गराउने चालकलाई जोगाउन खोज्ने प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

दुर्घटना गराउने चालकलाई जोगाउन खोज्ने प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १ जनाको ज्यान जाने गरी सवारी दुर्घटना गराउने चालकलाई जोगाउन खोज्ने प्रहरी निरीक्षक (इन्सपेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी काकर्यालय गैंडाकोट (नवलपरासी)का तत्कालीन प्रमुख (इन्सपेक्टर) लोकबहादुर जिसीसहित दुर्घटना गराउने चालक बोधराज पाण्डे र आफूले उक्त गाडी चलाएको भनेर बयान दिने ‘नक्कली चालक’ किशुना महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गत वैशाख १२ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट–२ स्थित भृकुटी चोकमा बा२०च ११७९ नम्बरको जीपको ठक्करबाट ना २८ प ४६८५ नम्बरको मोटरसाइकल चालक कमल शर्माको मृत्यु भएको थियो ।

प्रहरीले जीप चालक बोधराज पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालेकोमा प्रहरी इन्सिपेक्टर लोकबहादुर जिसीले नक्कली चालक खडा गरेर पाण्डेलाई जोगाउन खोजेका थिए ।

नक्कली चालकलाई केही रकम दिएर पाण्डेले आफू सवारी ज्यानसम्बन्धी मुद्दाबाट उम्किन खोजेका थिए । जसका लागि इन्सपेक्टर जिसीले नै किशुना महतोलाई नक्कली चालकको रुपमा खडा गरेका थिए ।

अख्तियारले तीनैजनाविरुद्ध १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना मागदावी गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : २८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित