नेपाली क्रिकेट टोलीले भोली मलेसियासँग खेल्ने | Khabarhub Khabarhub

नेपाली क्रिकेट टोलीले भोली मलेसियासँग खेल्ने


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि मलेसियामा छ ।

मलेसियामा रहेको नेपाली टोलीले घरेलु टोलीसँग शनिबार र आइतबार टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट शृङ्खला खेल्दैछ ।

मेलेसियाको किनरारा ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार शनिबार (भोलि) बिहान ७ : ४५ बजे सुरु हुनेछ । त्यसपछि नेपालले मलेसियासँग आइतबार अन्तिम तथा दोस्रो खेल खेल्नेछ ।

मलेसिायसँगको दुुई खेलपछि नेपाली टोली सिंगापुर प्रस्थान गर्नेछ ।

सिंगापुरमा विश्वकप एसिया फाइनल जुलाई २२ देखि २८ सम्म आयोजना हुदैछ ।

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत छन् । शनिबार मलेसियासँग खेल्न थालेको नेपाली टोलीले यसअघि ४ पटक खेलेको छ । जसमा तीन खेल नेपालले जित्दा एक खेलमा हार व्यहोरेको थियो ।

जसमा नेपालले मलेसियासँग पहिलो पटक सन् २००७ मा खेलेको थियो । नेपालले मलेसियासँग एसीसी ट्वान्टी–२० खेलेको थियो । उक्त खेल नेपालले २१ रनको जीत हात पारेको थियो ।
नेपालभन्दा आईसीसी वरियतामा पछि रहेको मलेसियामाथि सहज जीतको खोजिमा नेपाली टोली रहेको छ । तर, मलेसिया जानु अघि नेपाली टोलीका कप्तान पारस खड्काले विपक्षीलाई कमजोर नआँक्ने बताएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : १७ बजे

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र