आफ्ना सांसदलाई फेसबुक र ट्वीटर चलाउन सिकाउँदै कांग्रेस | Khabarhub Khabarhub

आफ्ना सांसदलाई फेसबुक र ट्वीटर चलाउन सिकाउँदै कांग्रेस


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटर चलाउन सिकाउने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरुलाई सामाजिक सञ्जालको प्रयोग गर्न निर्देशन दिइएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

सामाजिक सञ्जाल अपडेट गराइराख्न कांग्रेसले शनिबार काठमाडौंमा सांसदका सहयोगीलाई प्रशिक्षणसमेत दिने भएको छ।
संसदीय दलको कार्यालयमा प्रशिक्षण चल्ने कांग्रेसले जनाएको छ। पार्टीका गतिविधिबारे छिटो प्रवाह गर्न सामाजिक सञ्जाल प्रयोग गर्न लगाइएको खाणको भनाइ छ।

सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापालगायत कांग्रेसका केही नेता सामाजिक सञ्जालमा सक्रिय छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : ४७ बजे

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।