नेपाली खेलाडी सोमपाल सामेल ‘हक्स’ ग्लोबल टी–२० च्याम्पियन « Khabarhub

नेपाली खेलाडी सोमपाल सामेल ‘हक्स’ ग्लोबल टी–२० च्याम्पियन


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली खेलाडी सोमपाल कामी  सामेल रहेको वेनिपेग हक्सले ग्लोबल टी–२० क्रिकेटको उपाधि चुमेको छ ।

आतबार राति भएको  फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन बनेको हो ।

१ सय ९३ रनको लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । ओपनर चल्न नसकेको खेलमा मध्यक्रमका ब्याट्सम्यानले भ्यानकुभरको ईनिङ्स उकासेका थिए ।

कप्तान सोयब मल्लिकले ६४ रन बनाएको ईनिङ्समा आन्द्रे रसेलले नटआउट ४६ रन बनाएका थिए ।

यसअघि, पहिले ब्याटिङ गरेको सोमपालको हक्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । साईमन अनवरले ९० रन बनाएको ईनिङ्सका अर्का ओपनर क्रिस लेनले ३७ रन बनाएका थिए ।

जेपी डुमिनीले ३३ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए ।

निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो । जसमा हक्सले बाजी मारेको थियो ।

हक्स च्याम्पियन बनेपछि सोमपाल भने अधिकांश समय मैदान बाहिर रहे । पहिलो खेलमा राम्रो प्रर्दशन गर्न नसकेपछि उनले मौकानै पाएनन् । उनी पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा किनिएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ६ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै