नेपाली खेलाडी सोमपाल सामेल ‘हक्स’ ग्लोबल टी–२० च्याम्पियन « Khabarhub

नेपाली खेलाडी सोमपाल सामेल ‘हक्स’ ग्लोबल टी–२० च्याम्पियन


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली खेलाडी सोमपाल कामी  सामेल रहेको वेनिपेग हक्सले ग्लोबल टी–२० क्रिकेटको उपाधि चुमेको छ ।

आतबार राति भएको  फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन बनेको हो ।

१ सय ९३ रनको लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । ओपनर चल्न नसकेको खेलमा मध्यक्रमका ब्याट्सम्यानले भ्यानकुभरको ईनिङ्स उकासेका थिए ।

कप्तान सोयब मल्लिकले ६४ रन बनाएको ईनिङ्समा आन्द्रे रसेलले नटआउट ४६ रन बनाएका थिए ।

यसअघि, पहिले ब्याटिङ गरेको सोमपालको हक्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । साईमन अनवरले ९० रन बनाएको ईनिङ्सका अर्का ओपनर क्रिस लेनले ३७ रन बनाएका थिए ।

जेपी डुमिनीले ३३ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए ।

निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो । जसमा हक्सले बाजी मारेको थियो ।

हक्स च्याम्पियन बनेपछि सोमपाल भने अधिकांश समय मैदान बाहिर रहे । पहिलो खेलमा राम्रो प्रर्दशन गर्न नसकेपछि उनले मौकानै पाएनन् । उनी पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा किनिएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ६ : १८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित