आजको मौसम : मनसुन कम सक्रिय हुँदै, उपत्यकामा बिहानैदेखि चर्को घाम « Khabarhub

आजको मौसम : मनसुन कम सक्रिय हुँदै, उपत्यकामा बिहानैदेखि चर्को घाम


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको न्यून चापिय रेखा औसतस्थान भन्दा केहि दक्षिणतिर अवस्थित हुँदा नेपालमा मनसुन कम सक्रिय भएको छ । मनसुनको न्यून चापीय रेखा विस्तारै माथि सरेर औसत स्थानमा आउने सम्भावना रहेकाले नेपालका अधिकांश ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिणमा उत्तरप्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँद्यै बंगालको खाडी सम्म रहने महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भूभागमा सामान्य बदली रही धेरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा भने बिहानैदेखि चर्को घाम लागिरहेको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण

साउन २७ गते (सोमबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा र पूर्वीका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्व तथा मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

साउन२८ गते (मंगलबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पुर्वी पहाडि भू-भागका एक वा दुई स्थानहरूमा साथै पश्चिमी तराईको एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि तराई भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

साउन २९ गते (बुधबार)

दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति: देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ८ : ४७ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय