चेल्सीलाई पराजित गर्दै युनाइटेडको शानदार शुरुवात « Khabarhub

चेल्सीलाई पराजित गर्दै युनाइटेडको शानदार शुरुवात


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले चेल्सीमाथि शानदार शुरुवात गरेको छ । आइतबार राति ओल्ड ट्रार्फोडमा भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रिमियर लिगको नयाँ सिजनमा शानदार शुरुवात गरेको हो ।

युनाइटेडका लागि कार्कस रासफोर्डले उत्कृष्ट २ गोल गरे भने एन्थोनी मार्सल र ड्यानियल जेम्सले समान एक–एक गोल गर्दै टिमलाई जीत दिलाए । फ्राङ्क लाम्पार्डले चेल्सी सम्हालेको पहिलो खेलमै चेल्सी पराजित हुँदा उनले यो सिजनमा राम्रो शुरुवात गर्न सकेनन् ।

यता, युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने यो सिजनको पहिलो खेलमा आफ्नो टक्करको टोलीमाथि ४–० को जीत निकाल्दै प्रिमियर लिगमा राम्रो शुरुवात गरेका छन् ।

युनाइटेडका लागि खेलको १८ औं र ६७ औं मिनेटमा रास्फोर्डले गोल गरेका थिए भने ६५ मिनेटमा मार्सलले गोल गर्दा अन्तिम गोल ८१ मिनेटमा जेम्सले गरेका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १० : ०१ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको