काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य पार्टीबाट आएका एक जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार मनोनीत हुनेमा सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पंगेनी, सीता अधिकारी, डा. पुष्पा केसी भण्डारी, तेजमान कन्दङवा, टंक आङ्बोहाङ, नवीन रोक्का, मीनप्रसाद गुरुङ, डवल पाण्डे, तेजेन्द्र केसी र अन्य पार्टीबाट आएका धर्मनाथ प्रसाद साह छन् ।
भट्टले पार्टीका अन्य विभाग, मञ्च तथा विभिन्न जिम्मेवारी बाँडफाँडको गृहकार्य पूरा भएपछि बैठक बोलाएर आवश्यक निर्णय गरिने जानकारी दिए।
उनले पार्टी अध्यक्ष र महासचिवबीच कुनै विवाद नरहेको दाबी गर्दै केन्द्रीय सदस्य मनोनयनको प्रक्रिया सर्वसम्मत रूपमा टुंग्याइएको बताए।














प्रतिक्रिया