सिंगापुरबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली, स्वास्थ्य अवस्था त हेर्दै थाहा भयो होला नि ! | Khabarhub Khabarhub

सिंगापुरबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली, स्वास्थ्य अवस्था त हेर्दै थाहा भयो होला नि !


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचार र आरामका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका हुन् ।

उपचारका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री ओली स्वदेश फर्किदा सञ्चारकर्मीसहित ठूलो संख्यामा नेकपा कार्यकर्ताहरु पनि सोमबार विमानस्थल पुगेका थिए ।

विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीसँग सञ्चारकर्मीले उपचार र स्वास्थ्य स्थितिबारे जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि !’

प्रधानमन्त्री ओलीले त्यसबाहेक आफ्नो उपचार र स्वास्थ्य अवस्थाबारे कुनै प्रतिक्रिया दिएनन् ।

शुक्रबार नै स्वदेश फर्किने भनिएका ओली अस्पतालबाट स्वास्थ्य जाँचको रिपोर्ट आउन ढिलाइ भएपछि सोमबार मात्रै स्वदेश फर्किएका हुन् ।

ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भएको थियो ।

सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीको काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो ।

छाउनीमा जाँच गरिएपछि प्रधानमन्त्री ओली निजी चिकित्सक समेतको साथमा उपचारका लागि सिंगापुर गएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : २२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड