मलाई कोही केटीले पत्याइरहेको छैन: राजेश पायल राई « Khabarhub

मलाई कोही केटीले पत्याइरहेको छैन: राजेश पायल राई


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेश पायल राईलाई फ्यानले भर्सटाइल गायक पनि भन्छन् । उनी देश तथा विदेशका कार्यक्रममा प्रायः व्यस्त रहन्छन् । राजेश पायल राई भन्नबित्तिकै धेरैलाई ‘दर्शन नमस्ते’ बोलको गीत याद आउँछ ।

यी गायकले बिहे भने गरेका छैनन् । उनलाई फ्यान र मिडियाले भने बेलाबेलामा सोध्ने गर्छन्, बिहे कहिले गर्ने ?

राजेश पायल राई भने यो प्रश्न स्वभाविक भएको धारणा राख्छन् । एक अन्तर्वार्ताका क्रममा उनले भने, ‘खै ! मलाई कोही केटीले पनि पत्याइरहेको छैन, म पनि चाहन्छु कि अब मेरो बिहे होस् ।’

गीतकै क्षेत्रमा निरन्तर लागिपरेका गायक राईले चलचित्रका गीतमा पनि स्वर दिएका छन् । केही समयअघि राई र नायिका रेखा थापा प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । केही मिडियामा त यी दुईले बिहे गर्ने पक्का भइसकेको खबर पनि बाहिर आएको थियो ।

राईले अन्तर्वार्तामा रेखा थापासँग बिहे गर्न आफूलाई कुनै आपत्ति नभएको पनि बताएका थिए । पछि यो कुरा यत्तिकै सेलाएर गयो ।

गायक राई अब भने कुनै युवतीसँग बिहे छिट्टै हुनेमा विश्वस्त छन् । उनी आश्वस्त हुँदै भन्छन्, ‘फ्यानको आशीर्वाद छ मलाई । बिहे पनि छिट्टै हुन्छ ।’

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : ५८ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय