मलाई कोही केटीले पत्याइरहेको छैन: राजेश पायल राई | Khabarhub Khabarhub

मलाई कोही केटीले पत्याइरहेको छैन: राजेश पायल राई


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेश पायल राईलाई फ्यानले भर्सटाइल गायक पनि भन्छन् । उनी देश तथा विदेशका कार्यक्रममा प्रायः व्यस्त रहन्छन् । राजेश पायल राई भन्नबित्तिकै धेरैलाई ‘दर्शन नमस्ते’ बोलको गीत याद आउँछ ।

यी गायकले बिहे भने गरेका छैनन् । उनलाई फ्यान र मिडियाले भने बेलाबेलामा सोध्ने गर्छन्, बिहे कहिले गर्ने ?

राजेश पायल राई भने यो प्रश्न स्वभाविक भएको धारणा राख्छन् । एक अन्तर्वार्ताका क्रममा उनले भने, ‘खै ! मलाई कोही केटीले पनि पत्याइरहेको छैन, म पनि चाहन्छु कि अब मेरो बिहे होस् ।’

गीतकै क्षेत्रमा निरन्तर लागिपरेका गायक राईले चलचित्रका गीतमा पनि स्वर दिएका छन् । केही समयअघि राई र नायिका रेखा थापा प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । केही मिडियामा त यी दुईले बिहे गर्ने पक्का भइसकेको खबर पनि बाहिर आएको थियो ।

राईले अन्तर्वार्तामा रेखा थापासँग बिहे गर्न आफूलाई कुनै आपत्ति नभएको पनि बताएका थिए । पछि यो कुरा यत्तिकै सेलाएर गयो ।

गायक राई अब भने कुनै युवतीसँग बिहे छिट्टै हुनेमा विश्वस्त छन् । उनी आश्वस्त हुँदै भन्छन्, ‘फ्यानको आशीर्वाद छ मलाई । बिहे पनि छिट्टै हुन्छ ।’

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  १ : ५८ बजे

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै