जथाभावी पार्किङ गर्ने ३९ हजार सवारी साधन कारवाहीमा « Khabarhub

जथाभावी पार्किङ गर्ने ३९ हजार सवारी साधन कारवाहीमा


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक महाशाखाले पछिल्लो एक वर्षमा उपत्यकाभित्र अनाधिकृत रुपमा पार्किङमा राखिएका ३८ हजार ८ सय ८६ सवारीसाधनलाई कारवाही गरेको छ ।

महाशाखाको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७३/२०७४ मा ४ हजार ५ सय १८, २०७४/७५ मा ३३ हजार ७ सय ३ सवारी साधन कारवाहीमा परेका थिए ।

अघिल्ला आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा ५ हजार बढी कारवाहीमा परेको तथ्याङ्कले देखाएको छ ।

११ हजार सवारीमा ह्वील र चेन लक

काठमाडौं उपत्यकामा हुने अत्याधिक जामलाई व्यवस्थित गर्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न गत वर्षको मंसिर महिनाबाट ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको थियो ।

विशेषगरी सडकका किनारामा राखिएका सवारी साधनलाई व्यवस्थित बनाई जाम हटाउनका लागि यो अभियान सञ्चालन गरेको महाशाखाले जनाएको छ ।

अनाधिकृत रुपमा पार्किङ गरिएका ६ हजार १ सय ७४ वटा चार पांग्रे सवारीमा ह्वील लक लगाइएको महाशाखाको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै महाशाखाले आर्थिक वर्ष २०७५/७६ को ८ महिनामा ४ हजार ९ सय वटा दुई पांग्रे सवारीमा चेन लक लगाएको थियो ।

सवारीमा लगाइएको ह्वील लक कसरी खोल्ने ?

ट्राफिक प्रहरीले ‘ह्वील लक’ अथवा ‘चेन लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने विस्तृत विवरणसहित तयार पारिएको स्टिकर सवारी साधनमै टाँसिएको हुन्छ ।

महाशाखाका अनुसार ह्वील लक खुलाउनका लागि स्ट्रिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बर वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ ।

महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरी दैनिक रुपमा खटाई अनाधिकृत पार्किङ गरिएका सवारीलाई कारवाही गर्दै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ४ : २१ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको