रुसमा आणविक भट्टी विष्फोट भएको पुष्टि « Khabarhub

रुसमा आणविक भट्टी विष्फोट भएको पुष्टि


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले आफ्नो मुलुकको सानो आणविक भट्टी विष्फोट भएको जनाएको छ । रुसको स्वते सागरमा गत साता असफल भएको रकेट प्रक्षेपणका क्रममा रकेटमा रहेको आणविक भट्टीसमेत विष्फोट भएको रुसी अधिकारीले जनाएका छन् ।

उक्त असफल रकेट प्रक्षेपणका क्रममा ५ आणविक वैज्ञानिकको ज्यान गएको थियो ।

उक्त रकेटमा सानो स्तरको आणविक उर्जा स्रोेत रहेको जनाइएको छ । उक्त आणविक भट्टीमा ‘फिसिल र रेडियो आइसोटोपजस्ता रेडियोधर्मी पदार्थ’ रहेको बताइएको छ । यस्ता पदार्थ रक्षा सैन्य तथा सार्वजनिक क्षेत्रमा प्रयोगमा आउने बताइएको छ ।

गत अगष्ट ८ मा अखार्नगेल्स्क क्षेत्रमा रकेट परीक्षण गर्ने क्रममा विष्फोट हुँदा ५ वैज्ञानिक मारिएका थिए । उक्त रकेट आणविक उर्जाबाट सञ्चालन हुने रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि रुसी रक्षामन्त्रालयले तरल इन्धनको प्रयोग गरिने इन्जिन जडित रकेट परीक्षणका क्रममा दुई जना मारिएको बताएको थियो । रक्षामन्त्रालयले आणविक उर्जाबारे कुनै टिप्पणी गरेको थिएन ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : ३० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी