रुसमा आणविक भट्टी विष्फोट भएको पुष्टि | Khabarhub Khabarhub

रुसमा आणविक भट्टी विष्फोट भएको पुष्टि


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले आफ्नो मुलुकको सानो आणविक भट्टी विष्फोट भएको जनाएको छ । रुसको स्वते सागरमा गत साता असफल भएको रकेट प्रक्षेपणका क्रममा रकेटमा रहेको आणविक भट्टीसमेत विष्फोट भएको रुसी अधिकारीले जनाएका छन् ।

उक्त असफल रकेट प्रक्षेपणका क्रममा ५ आणविक वैज्ञानिकको ज्यान गएको थियो ।

उक्त रकेटमा सानो स्तरको आणविक उर्जा स्रोेत रहेको जनाइएको छ । उक्त आणविक भट्टीमा ‘फिसिल र रेडियो आइसोटोपजस्ता रेडियोधर्मी पदार्थ’ रहेको बताइएको छ । यस्ता पदार्थ रक्षा सैन्य तथा सार्वजनिक क्षेत्रमा प्रयोगमा आउने बताइएको छ ।

गत अगष्ट ८ मा अखार्नगेल्स्क क्षेत्रमा रकेट परीक्षण गर्ने क्रममा विष्फोट हुँदा ५ वैज्ञानिक मारिएका थिए । उक्त रकेट आणविक उर्जाबाट सञ्चालन हुने रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि रुसी रक्षामन्त्रालयले तरल इन्धनको प्रयोग गरिने इन्जिन जडित रकेट परीक्षणका क्रममा दुई जना मारिएको बताएको थियो । रक्षामन्त्रालयले आणविक उर्जाबारे कुनै टिप्पणी गरेको थिएन ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र