अमेरिकाले ल्यायो नयाँ आप्रवासन नीति, नेपाली पनि प्रभावित हुने « Khabarhub

अमेरिकाले ल्यायो नयाँ आप्रवासन नीति, नेपाली पनि प्रभावित हुने


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– अमेरिकाले नेपालीहरुलाई समेत प्रभावित बनाउने गरी नयाँ आप्रवासन नियम ल्याएको छ । नयाँ नियमअनुसार अमेरिका जान चाहने नेपालीहरुले यसअघि लागू भएभन्दा अधिक आयस्रोत देखाउनु पर्नेछ ।

नयाँ आप्रवासन नियम अनुसार अमेरिकामा वैध रुपमा बसोबास गरिरहेका आप्रवासीले कुनै सामाजिक कार्यक्रमबाट फाइदा लिइरहेको भए उनीहरु अमेरिकी स्थायी बसोबास अनुमतिपत्र ग्रिनकार्डका लागि अयोग्य हुनेछन् ।

त्यस्तै, अमेरिका प्रवेश गर्नुभन्दा पहिले सम्भावित आप्रवासीले अध्यागमन अधिकारीलाई आफूले कुनै सामाजिक कार्यक्रमबाट फाइदा नलिने विश्वस्त पार्नुपर्ने नयाँ नियममा उल्लेख छ । त्यसो गर्न नसकेको खण्डमा आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिइने छैन ।

यो नियम अमेरिका आउन चाहने सम्भावित आप्रवासी वा अमेरिकामा बसोबास गरिरहेका तर, ग्रिन कार्ड नपाइसकेका वैध आप्रवासीमा समेत लागू हुनेछ । यसअनुसार अमेरिकाका सामाजिक कार्यक्रमहरु मेडिकेड, हाउजिङ असिस्टेन्ट वा फूड स्टाम्पलगायतका सामाजिक कार्यक्रको सेवा लिइरहेका आप्रवासीलाई पनि यो नयाँ नियमले समेटेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको अध्यागमन तथा नागरिकता सेवाका कार्यकारी निर्देशक केन कुचनेलीले नयाँ नियम सार्वजनिक गर्दै अमेरिका आउने आप्रवासीहरु सामाजिक कार्यक्रममार्फत अमेरिकी करदाताका लागि भार बन्दै आएका कारण यस्तो नियम ल्याइएको जनाएका हुन् । यसअघिका आप्रवासीहरुले आफ्नै क्षमताका आधारमा अमेरिकामा बसोबास गरिरहेका कारण अब अमेरिका आउने आप्रवासीले पनि त्यस्तै गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि पनि अमेरिका आउने सम्भावित आप्रवासीले आफ्नो आयश्रोत देखाउनु पर्ने प्रावधान छ । तर, पछिल्लो नियमले भने उच्च आयश्रोत देखाउनुपर्ने अवस्था आउन सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसबाट कम आयश्रोत भएका आप्रवासीलाई अमेरिका आउन थप चुनौतिपूर्ण हुने विश्लेषण गरिएको छ । यसबाट करिब ३ लाख ८३ हजारभन्दा धेरै प्रभावित हुनसक्ने अनुमान छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति अनुसार नयाँ नियम सार्वजनिक गरिएको हो । राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहने आप्रवासीलाई दक्षता तथा प्रतिभाका आधारमा आउनुपर्ने बताउँदै आएका छन् ।

यसबाट अमेरिका आउने आप्रवासीको सङ्ख्या धेरै नै कटौती हुने तथा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीलाई सजिलै ग्रिनकार्ड अस्वीकार गर्न बाटो खुल्ला हुने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ९ : ३८ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य