यूएई पुगेर मन्त्री पुनले भने–सबै मिलेर गरीबी र पछौटेपन हटाऔं « Khabarhub

यूएई पुगेर मन्त्री पुनले भने–सबै मिलेर गरीबी र पछौटेपन हटाऔं


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युएई– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । विश्व उर्जा सम्मेलनमा भाग लिन अब्बुधावी पुगेका मन्त्री पुनले नेपाली राजदूतावासमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै आफ्नो आर्थिक अवस्थाअनुसार लगानी गर्न नेपाली समुुदायका प्रतिनिधिलाई आग्रह गरे ।

‘अहिले लगानीको लागी नेपालमा उपयुक्त वातावरण बनेको छ, सरकारले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेर आकर्षक आयोजना अघि बढाएको छ, तपाईहरुले पनि यसमा लगानी गरेर प्रतिफल लिनुहोस,’ मन्त्री पुनले भने ।

विदेशमा रहेका नेपालीलाई लक्षित गरेर उर्जामन्त्रालयले रेमिट हाईड्रोको सुरुवात गर्ने तयारी गरेको जानकारी दिदैं मन्त्री पुनले त्यसमा पनि लगानी गर्न आग्रह गरे । सम्पुुर्ण जनतालाई जलविद्युतसंग जोड्न सरकारले जनताको जलविद्युत कार्यक्रम समेत संचालनमा ल्याएको भन्दै त्यसमा सहभागी हुन सबै नेपाली समूदायलाई आग्रह गरे ।

मन्त्री पुनले युएईमा बसेर देशको अर्थतन्त्रमा योगदान पुर्याएकोमा धन्यवाद दिदै यहां सिकेको ज्ञान र अनुुभव समेत लिएर देश फर्कन आग्रह गरे ।

उहांले फरक राजनीतिक विचार र आस्थाले कुनै फरक नपर्ने भन्दै देशको हित सोच्नु सबै सचेत नागरिकको पहिलो कर्तव्य भएको बताए । ‘हाम्रो विचार,आस्था र सोच फरक हुनसक्छ, तर पहिलो कुरा देश हो । विकास र समृद्धि सवै विचार बोक्ने नागरिकलाई चाहिएको छ । त्यसैले हामि सबै मिलेर गरीवी र पछौटेपनविरुद्ध मिलेर लडौ,’ मन्त्री पुनले भने ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले सरकारले पहिलो वर्ष नितिगत काममा ध्यान दिएको भन्दै यो वर्ष कामले गति लिने दावी गरे ।
सरकारले भ्रमण वर्ष २०२० संचालन गर्ने तयारी गरेको जानकारी दिंदै मन्त्री पुनले २० लाख पर्यटक भित्रयाउन सरकारले पुर्वाधारको तयारी गरिरहेको बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : २७ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी