सडक किनारामा विरुवा रोप्दै महानगर « Khabarhub

सडक किनारामा विरुवा रोप्दै महानगर


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले हरित शहर बनाउने महानगरपालिकाको अभियान निरन्तर अघि बढेको बताएका छन् ।

आज वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग, काठमाडौँ महानगरपालिका र नेपाल आर्मीको संयुक्त आयोजनामा सुन्धारा क्षेत्रमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै मेयर शाक्यले भने, ‘हरित शहर बनाउने काठमाडौँ महानगरपालिकाको अभियान अनुसार नै हामीले वृक्षारोपन कार्यक्रमको आयोजना गरेका हौँ ।’

उनले सार्वजनिक जग्गामा हरियाली पार्क निर्माण गर्नेलगायतका काम हामीले तिव्ररुपमा अघि बढाएको पनि बताए । मेयर शाक्यले पाँच फिट भन्दा माथिका मात्र विरुवा रोप्ने महानगरको नीति भएको भन्दै त्यहि अनुसार नै आज १ सय ६५ वटा विरुवा रोपेको बताउए ।

‘यो अभियानमा १५ मिटर दुरीकाबीच पर्ने सडक खण्डको दुवै किनारामा कम्तीमा पनि त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म ४ देखि ५ सयको हाराहारीमा विरुवा रोप्ने योजना छ,’ उनले भने, ‘यसरी रोपेका विरुवालाई हुर्काउने र व्यवस्थापन गर्ने सबै जिम्मा नेपाल आर्मीलाई दिएका छौँ ।’

यस्तो अभियान महानगरका ३२ ओटै वडामा केन्द्रित रहेको भन्दै मेयर शाक्यले महानगरपालिकाले सार्वजनिक विद्यालयलगायतका स्थानमा पनि वृक्षरोपन गर्ने कार्यक्रम अघि बढाएको बताए । ‘हामी पर्यटन वर्ष २०२० को नजिकमा छौँ,’ मेयर शाक्यले भने, ‘सहर कसरी सफा राख्न सकिन्छ, त्यसमा बढी ध्यान दिनुहोला । पर्यटकलाई आकर्षित कसरी गर्न सकिन्छ त्यसमा पनि ध्यान दिनुहोला ।’

आजको वृक्षारोपणको अग्रसरता लिएको काठमाडौँ महानगर पालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारिमा आधारित कार्यक्रम सञ्चालनमा सम्भावना देखिएको बताए ।

‘यीमध्ये महानगरको केन्द्रीय कार्यालय र नेपाली सेनाको मुख्यालय अगाडि बृक्षारोपण गरिएको हो,’ उनले भने, ‘स्वास्थ्योपचार र शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम छनौट अन्तिम चरणमा पुगेको छ । केही समयको अन्तरालमा नै सार्वजनिक हुनेछ । त्यसैगरी दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यीकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसका लागि महानगरले गर्छ, व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।’

काठमाडौँ वतावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले पनि आफूहरु सहर सफा राख्ने अभियानमा निरन्तर लागेको बताए । ‘मेरो ध्यान फोहोर–मैला व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा मात्रै बढी केन्द्रित भएको छ,’ श्रेष्ठले भने, ‘पर्यटन वर्षलाई समेत ध्यानमा राखेर हामीले अभियान अघि बढाएका छौँ ।’ कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, नेपाली सेनाका उच्च अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : ५८ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका