उपप्रधानमन्त्री यादवद्वारा गौतमबुद्धको अस्तुधातु राखिएको रामग्राम स्तुपको अवलोकन « Khabarhub

उपप्रधानमन्त्री यादवद्वारा गौतमबुद्धको अस्तुधातु राखिएको रामग्राम स्तुपको अवलोकन


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उनले स्थलगत अवलोकन भ्रमण गरेका हुन् ।

सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको ऐतिहासिक महत्व तथा यहाँको विकासको अवस्था र प्रयासका विषयमा जानकारी गराएका थिए ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य बैजनाथ जयसवालले भगवान् गौतमबुद्धसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण स्थल भएर पनि रामग्राम र पण्डितपुर ओझेलमा परेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्री यादवसंग आग्रह गरे ।

रामग्राम स्तुपमा आवश्यक पूर्वाधार निर्माण र पण्डितपुरको उत्खनन, विकास र संरक्षणका लागि सरकारबाट आवश्यक पहल हुनुपर्ने उनको जोड थियो ।

यसैगरी रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले रामग्रामको संरक्षण र विकासका लागि रामग्राम विकास कोष गठनको माग गर्दै मन्त्री यादवलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । सो अवसरमा स्थानीयवासीले पनि स्तुप क्षेत्रमा पर्यटकलाई लक्षित गरी स्वास्थ्यचौकी र शुद्ध पिउने पानीको व्यवस्था गरिदिन माग गरेको स्थानीयवासी उदयराज कोइरीले जानकारी दिए ।

बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन नभई अस्थी सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम हो । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।

मोतीको दानामय अस्थिधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत आठ राज्यका राजाले बाँडेर लिएका र विभिन्न स्थानमा अस्थिधातु राखी आठवटा स्तुप निर्माण गरिएको र त्यसमध्येको एक रामग्राम स्तुप पनि भएको विभिन्न दस्तावेजमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : ४० बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को