रवि लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न तोकिएको पेशी स्थगित « Khabarhub

रवि लामिछानेको मुद्दामाथि सुनुवाइ गर्न तोकिएको पेशी स्थगित


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समेतले उच्च अदालत पाटनको हटौंडा इजलाशमा दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाइ गर्न बिहीबार तोकिएको पेशी स्थगित भएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले जारी गरेको थुनछेक आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलले जारी गरेको रिटमाथिको सुनुवाइका लागि बिहीबार पेशी तोकिएको थियो ।

उच्च अदालत पाटनको हेटौंडा इजलाशका न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा पेशी तोकिएको थियो । तर, निवेदक लामिछाने र कँडेलका कानून व्यवसायी सुशील पन्तले बिहीबारको पेशी स्थगित गराइ पाउँ भन्दै निवेदन दिएपछि पेशी स्थगित भएको हेडौंडा इजलाशका सूचना अधिकारी अमृत घिमिरेले खबरहबलाई जानकारी दिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५ लाख र कँडेलबाट ३ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै चितवन जिल्ला अदालतले भदौ ९ गते थुनछेक आदेश जारी गरेको थियो ।

रवि र युवराजको हकमा मुद्दासँग सम्बन्धित विषयमा टेलिभिजन कार्यक्रम प्रसारण गर्न नपाइने र सार्वजनिक ठाउँमा त्यसबारे टिप्पणी गर्न नपाइने जिल्ला अदालतको शर्त थियो ।

तर, लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गराइ पाउँ भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा भदौ १७ पुनरावलोकन रिट दायर गरेका थिए ।

उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।

लामिछाने र कँडेलले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले उक्त मुद्दाको कैफियत फाइल मगाउन आदेश जारी गरेको थियो ।

हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको भदौ १८ गतेको इजलाशले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको थियो ।

यसबीचमा सरकारी वकिलको कार्यालय हेडौंडाले पनि पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तलाई साधारण तारखे तथा धरौटीमा रिहा गर्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध हेटौंडा इजलाशमा पुनरावलोकन रिट दायर गरेको छ ।

वादी पक्ष (नेपाल सरकार)बाट भदौ २४ गते दर्ता भएको पुनरावलोकन रिटमा आत्महत्या दुरुत्साहन मुद्दाका तीनै जना अभियुक्त लामिछाने, कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनि आदेश जारी गर्न मागदाबी गरिएको छ ।

बिहीबार दुवै रिट निवेदनमाथि संयुक्त रुपमा सुनुवाइका लागि पेशी तोकिएकोमा रवि र कँडेलका कानून व्यवसायीको माग अनुसार पेशी स्थगित गरिएको हो । उक्त मुद्दामाथि सुनुवाइका लागि आगामी बिहीबार (असोज २ गते) तोकिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १ : ४५ बजे

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट