निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा ४ जना पक्राउ  « Khabarhub

निर्माण व्यवसायी अपहरण गरेको अभियोगमा ४ जना पक्राउ 


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने निर्माण व्यवसायीलाई अपहरण गरेको अभियोगमा पोखरा महानगरपालिका-९ शान्तिवनबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१५ बस्ने ४२ वर्षीय गौतम थापा, सोही महानगरपालिका-२ अर्चलबोट बस्ने ३४ वर्षीय रोहीत सुनार, सोही महानगरपालिका-८ बस्ने ५० वर्षीय बासुदेब पोखरेल र सोही महानगरपालिका-१० बस्ने ५४ वर्षीय प्रेम बहादुर थापा रहेका छन् ।

अपहरणमा प्रयोग गरिएका सवारी साधनहरु सहित प्रहरीले उनीहरुलाईज पक्राउ गरिएको हो ।

निर्माण व्यवसायीलाई सोही महानगरपालिका-९ नयाँबजारबाट केही व्यक्तिहरुले जबरजस्ती गाडीमा हाली मोटरसाइकलले स्कटिङ गर्दै अपहरण गरी लगेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले अपरहणमा परेका व्यवसायीलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  २ : १२ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको