सकियो ‘आमा’ को छायांकन, महाशिवरात्रीमा रिलिज हुने « Khabarhub

सकियो ‘आमा’ को छायांकन, महाशिवरात्रीमा रिलिज हुने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ को छायांकन सकिएको छ । यो फिल्म ७२ दिन लगाएर छायांकन गरिएको निर्माण टिमले जानकारी दियो । बुधबार राजधानीको स्वयम्भुस्थित हलचोकमा चलचित्रको इन्ड क्ल्याप लिइयो ।

असार १६ गतेबाट छायांकन थालिएको यो चलचित्र लामो समय लगाएर छायांकन गरिएको हो । चलचित्रका केही दृश्य झरी परेको बेलामा खिच्नुपर्ने भएकाले ती दृश्य बेलैमा छायांकन गर्न नसकिएको निर्देशक खनालले बताए ।

आमाको ममतामाथि आधारित यो फिल्ममा मिथिला शर्मा, सरिता गिरी, सुरक्षा पन्त लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् । यही चलचित्रका लागि अभिनेत्री सुरक्षा पन्तले कपाल मुण्डन समेत गरेकी थिइन् ।

महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  २ : ४५ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने