भाषासम्बन्धि सरकारी तथ्यांक सही छैन– गुरुङ « Khabarhub

भाषासम्बन्धि सरकारी तथ्यांक सही छैन– गुरुङ


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले भाषासम्बन्धि सरकारी तथ्यांक सही नभएको दावी गरेका छन् ।

उपकुलपति गुरुङले केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषासम्बन्धि तथ्यांक मिथ्यांकको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने बताए ।

बिहीबार केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’सम्बन्धि अन्तरक्रिया कार्यक्रममा गुरुङले भाषा शास्त्रीहरुले समेत भाषासम्बन्धि तथ्यांकलाई मिथ्यांक बनाउने समस्या रहेको बताए ।

उपकुलपति गुरुङले भाषा तथा जातजातिसम्बन्धि तथ्यांक निर्माण गर्दा समुदाय फरक भएपनि उनीहरुको भाषा एउटै हुने गरेकाले सोही अनुसारको तथ्यांक निर्माण गर्न केन्द्रिय तथ्यांक विभागको गम्भिर ध्यानाकर्षण गराए ।

केन्द्रिय तथ्यांक विभागले भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो । विज्ञहरुको सुझावलाई समेत ध्यानमा राखेर भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सो सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : २९ बजे

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि