अमिताभ बच्चनलाई जयाभन्दा पहिले मन परेको थियो यी युवती | Khabarhub Khabarhub

अमिताभ बच्चनलाई जयाभन्दा पहिले मन परेको थियो यी युवती


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अमिताभ बच्चनले आफ्नो जीवनका कैयन् राज खुलाएका छन् । भारतमा लोकप्रिय कौन बनेगा करोडपतिको होस्ट गर्ने क्रममा अमिताभले एक प्रतिस्पर्धीसँग कुरा गर्ने क्रममा एक खुलासा गरेका छन् ।

अमिताभले बुधबारको एपिसोडमा एक रमाइलो किस्सा सुनाए । उनले दिल्लीमा पढ्दै गर्दा डीटीसीको बसमा एक युवती मन पराएको खुलासा गरे ।

यो किस्सा उनले प्रतिस्पर्धीको जवाफ दिने बेलामा याद आएको समेत बताए । अमिताभका अनुसार त्यतिबेला उनले दिल्ली विश्वविद्यालयमा पढ्थे । त्यतिबेला डीटीसीको बसमा उनी सधै यात्रा गर्ने गर्थे । सोही दौरान उनी हरेक दिन एक युवतीसँग भेट हुन्थे ।

तर, अमिताभले ती युवतीसँग कहिल्यै पनि खुलेर कुरा गरेका थिएनन् । तर, कैयन् वर्षपछि एकपटक ती युवतीसँग फेरि अचानक भेट भयो । त्यतिबेला उनले आफ्नो मनको कुरा भने ।

अमिताभले उक्त युवतीले आफूलाई लिएर कुनै भावना राख्ने गरेको पनि बताएका छन् । ती युवती अमिताभका लागि आफ्नो ज्यान दिन पनि तयार भएको उनले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : ५० बजे

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री