इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको अक्षयकोष स्थापना « Khabarhub

इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको अक्षयकोष स्थापना


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्राका लागि अक्षय कोषको स्थापना गरिएको छ । विहीवार साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले अक्षय कोष स्थापना गरेको घोषणा गरेका हुन् ।

इन्द्रजात्रा सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७६ साल भदौ २० को बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ को स्थापना गर्ने निर्णय गरेको थियो ।

नेपालमा प्रशस्त मात्रामा साँस्कृतिक सम्पदाहरु रहेको र पर्यटन प्रवद्र्धनमा त्यसले उलेख्य भूमिका खेलिरहेको मन्त्री भट्टराइले बताए । सम्पदालाइ जर्गेना गर्नु र जीवन्त राख्नु सरकारको कर्तव्य समेत रहेको र बजेटमै पनि यस्ता कुराहरुलाइ समावेश गरिएको उनको भनाइ छ ।

‘उपत्यकामा लाग्ने जात्रापर्व मध्ये इन्द्रजात्रा महत्वपूर्ण पर्व हो’ मन्त्री भट्टराईले भने ‘ कला सँस्कृतिको संरक्षण र व्यवस्थापन र प्रवद्र्धनका लागि अक्षय कोषको स्थापना गरेका हौं’ ।

परम्परादेखि चलिआएको चर्चित जात्रा इन्द्रजात्राका संरक्षणका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारको पहलमा कोषको स्थापना गरिएको हो ।

जसमा सरकारका तर्फबाट १ करोड ५० लाख, काठमाडौं महानगरपालिकाबाट २ करोड, प्रदेश ३ सरकारबाट १ करोड र गुठी संस्थानबाट ५० लाख गरी ५ करोड जम्मा भएको भट्टराइले जानकारी दिए ।

साथै वर्तमान सरकार उपत्यकाको साँस्कृतिक सम्पदाप्रति सचेत रहेको बताउँदै भट्टराइले भने ‘यो प्रारम्भिक अभ्यास मात्र हो, आवश्यक परेमा हामी रकम थप्छौं’ ।

कोषको सञ्चालक समितिको अध्यक्ष काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य रहेका छन् ।

त्यस्तै साँस्कतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि एक जना, प्रदेश ३ सरकारका प्रतिनिधि एक जना, गुठी संस्थानका प्रतिनिधि एक जना, दरवार हेरचाह अड्डाका प्रमुख, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष, महानगरका सम्पदा तथा पर्यटन विभागका सचिव रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : ३७ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा