राहदानी विधेयक पुनः पारित, लोकसेवा आयोग विधेयक स्वीकृत « Khabarhub

राहदानी विधेयक पुनः पारित, लोकसेवा आयोग विधेयक स्वीकृत


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई पुनः पारित गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको राहदानी विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बिहीबार बसेको बैठकमा उक्त विधेयकलाई पारित गर्नुपूर्व बैठकले ‘राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुनर्विचार गरियोस्’ भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको थियो । बैठकको सर्वसम्मतीले राहदानी विधेयकलाई पुनः पारित गरेको हो ।

प्रतिनिधिसभाले विगतमा नै पारित गरी उक्त राहदानी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा राष्ट्रपति भण्डारीले केही प्रक्रियागत त्रुटि रहेको भन्दै पुनर्विचारको लागि सन्देशसहित पुनः सङ्घीय संसद्मा विधेयक फिर्ता पठाएकी हुन् ।

विधेयकका सम्बन्धमा बैठकमा पनि छलफल भएको थियो । सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले सबै प्रक्रिया र चरणहरु पार गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणको लागि पठाइएको राहदानी विधेयक फिर्ता हुँदा राष्ट्रपतिबाट कुनै पनि विषय नखुलाइएको स्पष्ट पारे । उनले सो विधेयकले सङ्घीय संसद्का सबै चरणलाई पार गरेर नै प्रमाणीकरणका लागि पुगेको पनि स्पष्ट पारे । प्रतिनिधिसभामा उत्पन्न भएको राहदानी विधेयकलाई प्रतिनिधिसभाले पारित गरी सन्देशसहित राष्ट्रियसभामा पठाइएको र राष्ट्रियसभाले पनि आफ्नो विषयगत समिति विधायन व्यवस्थापन समितिमा छलफलको लागि पठाएको पनि उनले स्मरणा गरे ।

यस्तै, बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७५’ लाई पनि स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्यया तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘लोकसेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको थियो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वयय) विधेयक, २०७५’, ‘प्रहरी समायोजन विधेयक, २०७५’ सम्बन्धमा प्राप्त सन्देश टेबुल गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते १ बजे बस्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : २१ बजे

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट