‘नवजात शिशु सेवा’ कार्यक्रम शुरु « Khabarhub

‘नवजात शिशु सेवा’ कार्यक्रम शुरु


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश अस्पतालसहित मुलुकका आठ अस्पतालमा गुणस्तरीय नवजात शिशु सेवा कार्यक्रम शुरु भएको छ ।

प्रसूति सेवाको गुणस्तर सुधार गरी नवजात शिशु र आमाको जीवन बचाउन ‘ग्य्राण्ड च्यालेन्जेज क्यानडा’को सहयोगमा ‘गोल्डेन कम्युनिटी’ नामक संस्थाले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रमले नवजात शिशुको मुटुको धड्कन जाँचका लागि नियोबिट, भ्रुणको मुटुको धड्कनका लागि मोयो तथा सास फेर्न नसकेका नवजात शिशुलाई कृत्रिम श्वासप्रश्वास गराउन ब्याग–मास्क जस्ता उपकरण प्रयोग गरेर मातृ शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्य लिएको छ । संस्थाले प्रदेश अस्पताललाई ती सबै उपकरण हस्तान्तरण गर्नुका साथै प्रसूति वार्डका कर्मचारीलाई यससम्बन्धी प्रशिक्षण पनि दिएको छ ।

गोल्डेन कम्युनिटीका कार्यक्रम प्रबन्धक रेजिना गुरुङले मुलुकका आठ अस्पतालमध्ये सबैभन्दा पहिले कर्णाली प्रदेश अस्पतालबाट सेवा शुरु गरिएको बताए ।

उनका अनुसार कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, सेती अस्पताल र डडेल्धुरा अस्पतालमा समेत सेवा शुरु हुँदैछ । प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डम्बर खड्काले गुणस्तरीय नवजात शिशु सेवाको थालनीले कर्णालीको मातृ शिशु मृत्युदरमा सुधार आउने विश्वास व्यक्त गरे । हाल कर्णालीमा वार्षिक शिशु मृत्युदर २९ रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ९ : १७ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति