देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो « Khabarhub

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वास पात्र मीनबहादुर विश्वकर्मादेखि महालक्ष्मी डिना उपाध्यायसम्म उपस्थित भएका छन्।

अरू ज्ञानेन्द्र बहादुर कार्की, रामहरि खतिवडा, राजीविक्रम शाह, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर र जीवनबहादुर शाहीसमेत सानेपा बैठकमा उपस्थित भएका छन्।

विगतमा पूर्व सभापति देउवालाई बलियो साथ दिएका यी नेताहरू सानेपा बैठकमा उपस्थित हुनुलाई विशेष महत्वका साथ हेरिएको छ ।

बिहीबार बसिरहेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाले सबै नेताहरूलाई बोलाएका थिए। पूर्वसभापति शेरबहादुर देउवालाई भने निम्तो नपठाइएको बुझिएको छ।

को को पुगे ?

महालक्ष्मी डिना उपाध्याय, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ र गोविन्द भट्टराईलगायत रहेका छन्। उनीहरूलाई कांग्रेस केन्द्रीय समितिका नेताहरूले स्वागत गरे ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ३ : ०० बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि