मोदीले एक हप्ता महाराष्ट्रमा चुनावी प्रचार गर्ने « Khabarhub

मोदीले एक हप्ता महाराष्ट्रमा चुनावी प्रचार गर्ने


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी महाराष्ट्रमा हुने चुनावका लागि एक हप्ता प्रचारमा खट्ने भएका छन् । चुनावी प्रचारका लागि उनले अक्टोबर १३ देखि १८ तारिख नै तय गरेका छन् ।

आफ्नो पार्टी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवारहरुलाई विजयी गराउन उनी चुनावी अभियानमा सहभागी हुने भएका हुन्।

शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मन्त्री तथा भाजपा नेतृ स्मृती इरानीले प्रधानमन्त्री मोदीको महाराष्ट्र भ्रमण र चुनावी प्रचारका बारेमा जानकारी दिएकी छन् ।

पार्टीका नेता कार्यकर्ताहरुलाई मार्गनिर्देश गर्न र उम्मेदवारहरूको पक्षमा आह्वान गर्न मोदी झण्डै एक हप्ता महाराष्ट्रमा रहने उनले बताइन ।

प्रधानमन्त्री मोदीले अक्टोबर १३ तारिखका दिन जाल्गौन र साकोलीमा आयोजना गरिने चुनावी र्‍यालीमा सहभागिता जनाउनेछन् ।

त्यसैगरी उनले अक्टोबर १६ तारिखका दिन अकोला, पन्भेल र पार्टुरमा आयोजना गरिने तीन कार्यक्रमलाई सम्वोधन गर्ने कार्यतालिका छ ।

उनका अनुसार अक्टोबर १७ तारिखमा भने मोदीले पुने, सतरा र वोर्लिमा हुने सार्वजनिक र्‍यालीमा सहभागिता जनाउनेछन् ।

त्यसैगरी अभियानको अन्तिम दिन अक्टोबर १८ तारिखमा प्रधानन्त्री मोदीले मुम्बईमा राहत तथा सहयोगका विभिन्न कार्यक्रमहरु पनि घोषणा गर्नेछ्न ।

भारतको महाराष्ट्र राज्यमा यही अक्टोबर २४ तारिखका दिन निर्वाचन तय भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : १० बजे

एउटै क्षेत्रमा १५-२० हेलिकप्टर कसरी उड्छन् ?

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं– सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो