चिनियाँ राष्ट्रपति आउँदा ८७ वटा उडान प्रभावित हुने (सूचीसहित) « Khabarhub

चिनियाँ राष्ट्रपति आउँदा ८७ वटा उडान प्रभावित हुने (सूचीसहित)


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउने समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने भएको छ ।

चिनियाँ राष्ट्रपति नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । उनी नेपाल आउँदा तीन घण्टा र फर्किँदा तीन घण्टा गरी ६ घण्टा विमानस्थल बन्द हुने भएको हो । सो समयमा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अरू सबै उडान ठप्प हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै ८७ वटा विमानका उडान/अवतरण प्रभावित हुने जनाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको जारी सूचना अनुसार शनिबार दिउँसो २ः५५ बजे देखि ५ः२५ बजेसम्मका (३३ वटा) सबै उडान तथा अवतरण ठप्प हुनेछन् ।

त्यसैगरी आइतबार चनियाँ राष्ट्रपति फर्किदा बिहान ११ः २० बजेदेखि दिउँसो १ः५० बजेसम्मका (५४ वटा) उडान तथा अवतरण बन्द हुनेछन् ।

यो दुई दिनको अवधिमा ८७ वटा उडान तथा अवतरण बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ । आन्तरिक उडानमा पनि केही अघि र पछि गरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

प्रभावित उडानहरुको व्यवस्थापनका लागि उक्त उडानका दिनहरुमा विनमास्थल २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको प्राधिकरणले जनाएको छ ।

कुन–कुन विमानका उडान/अवतरण प्रभावित हुने छन् ?

  

 

 

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : १४ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त