रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने « Khabarhub

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोलि शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्ने भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

मंगलबार मात्रै प्रतिनिधिसभाको बैठकमा सभापति रवि लामिछानेले प्रस्ताव गरेअनुसार सर्वदलीय संयन्त्र नबनेकोबारे नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले प्रश्न उठाएका थिए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र नेकपाका सांसद प्रमेशकुमार हमालले प्रश्न उठाएका थिए । प्रतिपक्षीले समेत प्रश्न उठाएको अवस्थामा रविले बुधबार बस्ने गरी यो बैठक राखेका हुन्।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैंले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो।

दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सभापति रवि लामिछाने सहभागी भएका थिएनन्। त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकमा बैठकमा लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नेता महन्थ ठाकुरसहितका नेताहरू सहभागी थिए ।

उक्त पहिलो बैठकले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको संकट र त्यसको समाधानका लागि गर्ने सहकार्य गर्नेबारे छलफल गरेको थियो।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ६ : ४९ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त