सीता एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण « Khabarhub

सीता एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमान मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरिएको छ । विमानको पखेटामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो ।

शनिवार बिहान लुक्लाका लागि उडिसकेको विमानमा चार ठोक्किएपछि विमान पुनः मन्थली एयरपोर्टमै अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी सन्तोष भट्टराईले जानकारी दिए ।

सीता एयरको ‘९ एन–आई–इ’ विमान उडिसकेपछि चरा ठोक्किएर पंखामा पसेको थियो । विमानमा १३ यात्रु र चालक दलका तीनजना सदस्य थिए । विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना टरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १० : ४४ बजे

पर्चा–पम्प्लेटले एमाले अधिवेशनस्थल भृकुटीमण्डप अस्तव्यस्त

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका