आज १ बजेदेखि ९ बजेसम्म सवारी ठप्प हुने « Khabarhub

आज १ बजेदेखि ९ बजेसम्म सवारी ठप्प हुने


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।

सीको स्वागतका लागि नेपाल सरकारले भव्य तयारी गरेको छ । सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुग्नेछन् ।

त्रिभुवन विमानस्थलमै सीको स्वागतमा नेपाली सेनाले २१ तोपको सलामी दिइने छ । यसअघि राजकीय भ्रमणमा आउने विशिष्ठ पाहुनालाई टुँडिखेलमा सलामी दिइने गरिएपनि यसपटक सुरक्षाका कारण त्रिभुवन विमानस्थल मै दिइन लागिएको हो ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सीको भ्रमण हुने रुटको निरीक्षण गरेका छन् । प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलदेखि सोल्टीमोर्डसम्मकै सकडको निरीक्षणसहित सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्रीले सुरक्षाकर्मीसँग सुरक्षाअवस्थाको जानकारी लिनुका साथै सीको स्वागतमा गरिने सांस्कृतिक प्रहर्सन र रात्रिभोजको तयारीका बारेमा पनि जानकारी लिएको प्रधानमन्त्री प्रेस संयोजक डा. कुन्दन अर्यालले जानकारी दिए ।

निरीक्षणपछि प्रधानमन्त्रीले वातावरण राम्रो बनेको बताएका छन् । सरकारले स्वागतको भव्य तयारी गरेसँगै प्रतिपक्षी दलले पनि सीको स्वागतमा वक्तव्य जारी गरेको छ ।

केहि अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्यनगर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । सार्वजनिक यातायातका साधनलाई पनि दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सी सवार हुने रुटमा सञ्चालन नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ११ : २६ बजे

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग

सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी

काठमाडौँ । सरकार र गणेश नेपालीको परिवारबीच वार्ता जारी छ

भैँसी पालेर वार्षिक १८ लाख कमाउँदै सीताराम

इलाम – तीन वटा भैँसी गुमाएपछि पनि सपना गुमेन ।